पहिरो

पहिरोले गोठ बगाउँदा गोठमा सुतिरहेका दुई बालकको मृत्यु

रोल्पा, २७ भदौ । गएराति रोल्पाको ऐते गाउँमा पहिरोले गोठ बगाउँदा गोठमा सुतिरहेका दुई बालकको मृत्यु भएको छ । जिल्लाको लुङ्गी गाउँपालिका वडा नम्बर १ ऐते गाउँका ज्ञानसिङ्ग घर्तिको गोठ माथिबाट आएको पहिरोले बगाउँदा गोठमा सुतिरहेका उनका ११ बर्षिय छोरा युवराज र ८ बर्षिय अर्का छोरा अमर घर्तिको ज्यान गएको हो ।

रोल्पाका प्रहरीले प्रमुख डिएसपी नरेश सुबेदीका अनुसार तिलाचौर र सुलिचौरबाट गएको प्रहरी टोलीले दुई बालकको शव निकालेका थिए । बालकहरुसँग सुतेका अन्य दुई जनाको सकुशल उद्धार गरिएको उनले जानकारी दिए ।

त्यस्तै यता काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ मा ग्यास सिलिन्डर विष्फोट हुँदा ४८ वर्षीया मीरा जोशी घाइते भएकी छिन् । घाइतेलाई उपचारका लागी किर्तीपुर अस्पतालमा पठाइएको छ । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान शुरु गरेको जनाइएको छ । सिलिन्डिर स्थानीय पुष्प ओझाको घरको भान्सामा बिहान ६ बजे बिष्फोट भएको थियो ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्