प्राथमिक उपचार

आज विश्व प्राथमिक उपचार दिवस मनाइँदै

काठमाडौँ, २८ भदौ। आज विश्व प्राथमिक उपचार दिवस ‘वञ्चित समूहका लागि प्राथमिक उपचार’ भन्ने मूल नारासहित विभिन्न कार्यक्रम गरि मनाइँदैछ ।

प्राथमिक उपचारको महत्वका विषयमा समुदायमा चेतना अभिवृद्धि गर्ने र प्राथमिक उपचार गर्ने स्वयंसेवकहरूलाई सम्मान गरी उत्प्रेरणा बढाउने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर महिनाको दोस्रो शनिबार विश्व प्राथमिक उपचार दिवस मनाइन्छ ।

कुनै पनि दुर्घटनामा घाइते भएकाहरुको लागि तत्काल घटनास्थलमै गरिने उपचार प्राथमिक उपचारको महत्व दर्शाउन यो दिवस मनाउने गरिन्छ । नेपाल रेडक्रसको प्राथमिक उपचार पाठ्यक्रमलाई नेपाल सरकारबाट मान्यता प्राप्त छ ।

जस अनुसार हालसम्म मुलुकभर एक हजार दुइसय दक्ष प्रशिक्षक र ३३ हजार दुई सय जना प्राथमिक उपचार स्वयंसेवकहरू विकास गरिएको छ। हालसम्म मुलुकभर एक हजार दुई जना प्रशिक्षक र ३० हजार जना प्राथमिक उपचार स्वयंसेवकहरू विकास गरी सेवा प्रदान गरिएकोे नेपाल रेडक्रस सोसाइटीले जनाएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्