हत्या

भक्तपुरमा सुतेकै ठाउँमा आमा-छोराको ह’त्यापछि आ’त्मह’त्या

काठमाडौं, २७ भदौ। भक्तपुरको मध्यपुर थिमि नगरपालिका–६, कुन्डोलमा तीन जनाको शव भेटिएको प्रक’रणमा श्रीमती र छोराको ह’त्यापछि ३६ वर्षीय सुदिप अधिकारीले आ’त्मह’त्या गरेको हुनसक्ने देखिएको प्रहरीले जनाएको छ ।

शुक्रबार साँझ सवा ५ बजे अधिकारीका भाइ सुनीलले प्रहरीलाई खबर गरेपछि भक्तपुर प्रहरी परिसर र महानगरीय अप’राध महा’शाखाको टोली अप’राधस्थलमा पुगेको थियो । त्यसक्रममा सुदिपसहित उनकी श्रीमती ३४ वर्षीया सम्झना र १५ वर्षीय छोरा सुशान्तको शव भेटिएको थियो ।

दुई जनाको सुतेकै अवस्थामा धा’रिलो ह’तियार प्रयोग गरी ह’त्या गरेर सुदिपले वि’ष से’वन गरी आ’त्मह’त्या गरेको हुनसक्ने प्रहरीको अनु’सन्धानले देखाएको हो ।

प्रहरीका अनुसार एक वर्ष पहिले सुदिपले औ’षधि पसलमा काम गर्ने गरेका थिए। पछिल्लो समय जागिर नखाएको भन्दै उनी र श्रीमतीबीच झ’गडा हुने गरेको आफन्तहरुले बताएका छन्। छोरासँग पनि उनको झ’गडा पर्ने गरेको छिमेकीहरुले बयान दिएका छन् ।

प्रहरीले त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका फरेन्सिक विज्ञसहितको टोलीलाई पनि छान’विनका लागि अप’राधस्थलमा बोलाएको थियो। त्यसक्रममा सम्झना र सुशान्तको मृत्यु केही दिन पहिले नै भएको पाइएको छ।

‘पहिलो तलामा सुशान्त र दोस्रोमा सम्झनाको शव भेटिएको थियो, भित्तामा समेत रग’तको छि’र्का देखिएको थियो’, अनु’सन्धानमा संलग्न एक अधिकृतले भने, ‘फरेन्सिक विज्ञसहितको टोलीबाट जाँचबुझ गर्दा दुवै जनाको टाउकोमा ग’हिरो चो’ट देखिएको थियो ।’

अनु’सन्धान अधिकृतहरुका अनुसार दुवै जनाको शव स’डिसकेको अवस्थामा भेटिएको थियो । त्यसैले कम्तिमा दुई दिनअघि आमा–छोराको ह’त्या भएको हुनसक्ने देखिएको अधिकारीहरुको भनाइ छ । यद्यपि, यसबारे यकिन विवरण पो’ष्टमा’र्टम रिपोर्ट आएपछि मात्र प्राप्त हुनेछ ।

स्रोतका अनुसार अन्तिम तलामा ढोका छेउ मृत अवस्थामा भेटिएका सुदिपको शरी’रमा भने कुनै बाहिरी चो’टपटक छैन । उनले वा’न्ता गरेको संकेत देखिन्छ भने शव पनि जस्ताको तस्तै रहेको अनु’सन्धान अधिकृतहरु बताउँछन् । स्रोतका अनुसार भान्सामा भात, तरकारी लगायत केही खानेकुरा पनि छन्, जसमा वि’षको जस्तो ग’न्ध आएको छ ।

प्रहरीले परीक्षणका लागि खानेकुरालाई पनि प्रयोगशालामा पठाउने तयारी गरेको छ । प्रहरीका अनुसार भर्याङ्गमा कुकुर पनि मृत भेटिएको छ । कुकुरको पनि वि’षकै कारण मृत्यु भएको हुनसक्ने आ’शंका गरिएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्