मुलबाटो

निश्चल दवाडीले प्रदेशबाट रुँदै फोन गरे आमालाई

नेपाली लोक संगीतको फाँटमा पछील्लो समयमा माया पिरतिका गीतहरु धेरै आएका छन। तर यो माहोलमा निश्चल दवाडिको आवाजमा प्रदेशिको पिँडा समेटिएको गीत ‘मुलबाटो’ सार्वजनिक भएको छ । गीतको शब्द तथा लय सिर्जना पनि निश्चल आँफैले गरेका हुन ।

शाहउको रिण कढेर गएको छोरो सम्झेर आमा रोइरहेको द्रिश्यले भबुक नहुने को होलन र ? त्यसैमाथी प्रदेशमा रहँदाको दु:ख, कष्ट अनी जती थकाई लाग्दा पनि काममा जानु पर्ने वाध्यता गीतका शब्दहरुले बोलेका छन ।

आम नेपालीको बेदना बोलेको गीतको संगीत संयोजन दिवस थापा मगरले गरेका हुन भने गीतलाई नमस्ते पोखरा ब्रोडकास्टिङ स्टुडियो प्रा.ली.मा रेकर्ड गरिएको हो । गीतमा गोबिन्द चापागाईँले बोलेको सुरुवातिक संबादले पनि गीतमा मिठास थप्ने काम गरेको छ ।

गीतको भिडियोमा पनि शब्दले माग गरे अनुरुपका दृष्‍य समाबेश गरिएको छ । निश्चन दवाडिको निर्देशनमा तयार पारीएको गीतको भिडियोमा अनिता पन्त, रोबर्ट घिमिरे र सुजन रोका लगायतको अभिनय देख्न सकिन्छ । अर्जुन बाँस्तोलाको छायांकन, रोबर्ट घिमिरेको सह-छायांकनमा तयार पारिएको भिडियोको सम्पादन सुबाश अम्गाईँले गरेका हुन ।

गीतको पुरै भिडियो हेर्न यहाँँ क्लिक गर्नुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्