पहिरो

सिन्धुपाल्चोकको पहिरोमा पुरिएका पाँच जनाको शव भेटियो

सिन्धुपाल्चोक, २८ भदौ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको वडा नम्बर ७ स्थित विभिन्न स्थानमा गएको पहिरोमा पुरिएका पाँच जनाको शव भेटिएको छ । पहिरोमा पुरिएका मध्ये ३ महिला र २ जना पुरुषको शव भेटिएको हो ।

नागपुजेकी ६५ वर्षीया भक्तिमाया श्रेष्ठ, भिरखर्कको विक टोलकी २३ वर्षीया जुनुमाया विक र नेवार टोलकी ६० वर्षीया सर्किनी नेवारको पहिचान भएको छ । अझै २६ जना बेपत्ता रहेको बताइएको छ । ३ जना घाइते अवस्थामा छन ।

पहिरोमा कारण १८ वटा घर पुरिएका छन् । सिन्धुपाल्चोकको घुम्थाङको नागपुजेमा मा ८ र भीरखर्कमा १० वटा घर पुरिएका छन् । त्यहाँ दर्जनौ बेपत्ता रहेको आशंका गरिएको छ । रातीदेखि अत्यधिक वर्षा भएकाले घटनास्थलमा पुगेर विवरण संकलन गर्न समस्या भएको स्थानीयले बताएका छन् । पहिरोस्थल सदरमुकाम चौताराबाट करिब ५० किलोमिटरको दूरीमा रहेको छ ।

उद्धारकार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीकासँगै स्थानीयको सहयोगमा अघि बढिरहेको सिन्धुपाल्चोकका एसपी राजन अधिकारीले बताए । यसैबीच सभामुख अग्नी सापकोटा काठमाडौंबाट सिन्धुपाल्चोकको बाहबिसे प्रस्थान गरेका छन ।

खराव मौसमका कारण उनी स्थलमार्गबाट घटनास्थलतर्फ प्रस्थान गरिसकेका छन । सभामुख सापकोटासँगै नेकपा केन्द्रीय सदस्य माधव प्रसाद सापकोटा पनि घटनास्थल पुगेका छन । यो क्षेत्र सभामुख सापकोटाले निर्वाचन जितेको क्षेत्र हो ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्