खाली निधार

बासुदेव पोखरेलको सृजनामा नयाँ दशै गीत सार्वजनिक (भिडियो सहित)

नेपालीहरुको महान पर्व वडादशैं नजिकिँदै गर्दा नेपाली सांगीतिक क्षेत्रमा पनि छुट्टै रौनक बढेको छ। नेपाली सांगीतिक क्षेत्रले दशै आएको झल्को दिइसकेको छ । यहि परिवेसमा दशैलाइ लक्षित गर्दै सर्जक बासुदेव पोखरेलको सृजनामा दशै गीत खाली निधार डिजिटल बजारमा आइसकेको छ।

प्रदेशको दु:ख त्यसमाथी अहिले झन कोरोना भाइरसबाट थिलो थिलो बनेको विश्व अनि यहि कारणले दुःख माथि दुःख थपिएर घरमा आउन नपाउदाको पिडालाई गीतमा उतारेका छन् पोखरेलले ।

वर्ष दिनको दशैमा घरमा आउने मन हँदा हुँदै पनि विदा अनि धनको कारणले आउन नपाएपछी आफ्नो प्रेमीकालाई प्रदेशबाटै खाली निधार नराख्न प्रेमिले आग्रह गरेका छन भने घरमा बसेकी प्रेमीकाले धन सम्पत्ति नभएपनी दशै तिहार सँगै मनाउने हो भन्दै घरमा आउन आग्रह गरेको दृश्य गीतले बोलेको छ।

गीतको सृजना गुल्मेली सर्जक बासुदेव पोखरेलले गरेका हुन भने लय सृजना मनोज ढकालले गरेका हुन। कृष्ण लामिछाने र टिका पुनको आवाजमा सजिएको गीतको बजार व्यवस्थापन सर्व सम्मान म्युजिक प्रा.ली.ले गरेको छ। गीतको भिडियो समेत निकै आकर्षक बनेको छ। मोडल सुर्य वली र स्वस्तिका सिंङ्गको अभिनय रहेको गीतको निर्देशन प्रकाश क्षेत्री, छायांकन विरेन्द्र भट्ट र सम्पादन अनिल रानाले गरेका हुन।

पुरा भिडियो हेर्नुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्