मृत्यु

कोरोना संक्रमणबाट थप ४ जनाको मृत्‍यु

काठमाडौं, २९ भदौ । कोरोना संक्रमणका कारण कोरोना बिशेष अस्पतालमा बुटवलमा थप एक संक्रमितको मृत्यु भएको छ । कपिलवस्तु शिवराज नगरपालिका ५ की एक महिलाको उपचारको क्रममा मृत्‍यु भएको हो ।

लुम्बिनी प्रादेशिक अस्पतालका सुचना अधिकारी बिस्नु गौतमका अनुसार अस्पतालमा २१ भदौमा कोरोना पुष्टि भएपछि भर्ना भएकी ४७ वर्षीया महिलाको आईसीयूमा उपचार गर्दागर्दे आज बिहान मृत्यु भएको हो ।

उनी मिर्गौला रोगबाट पीडित रहेकोले डायलासिस भइरहेको डा. गौतमले बताए । योसँगै कोरोना विशेष अस्पलामा मृत्यु हुनेको संख्या १४ रहेको छ । शव व्यवस्थापन सेनाले गर्ने तयारी गरेको अस्पतालका फोकल पर्शन डा. शुर्दशन थापाले रातोपाटीलाई बताए ।

त्यस्तै कोरोना भाइरसका कारण मोरङका दुई जनाको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ । मृतकमध्ये एक जना विराटनगर र अर्को धनपालथानका हुन् ।

मोरङको धनपालथान गाउँपालिका–६ का ४० वर्षीय पुरुषको गए राति मृत्यु भएको र उनमा दीर्घ रोगको कुनै समस्या नदेखिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । शुक्रबार प्रतिष्ठानको ल्याबबाट सङ्क्रमण पुष्टि भएपछि उनलाई शनिबार राति साढे १० बजे कोभिड अस्पतालमा सारिएको थियो ।

त्यस्तै आइतबार दिउँसो विराटनगर–१२ का ७० वर्षीय पुरुषको पनि प्रतिष्ठानकै कोभिड अस्पतालमा मृत्यु भएको थियो । उनलाई विराटनगरस्थित म्याक्स अस्पतालले प्रतिष्ठानमा रिफर गरेको थियो । उनलाई भदौ १६ गते कोराना पुष्टि भएको थियो ।

ज्वरो आउने, खोकी लाग्ने र श्वासप्रश्वासमा गाह्रो हुने लगायतका समस्या देखिएपछि उनलाई सुरुमा उपचारका लागि म्याक्स अस्पतालमा भर्ना गरिएको थियो । योसँगै प्रतिष्ठानमा मृत्यु हुने सङ्क्रमितको सङ्ख्या २६ पुगेको छ ।

त्यस्तै महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका–३ बस्ने एक ६० वर्षीय पुरुषको कोभिड–१९ बाट मृत्यु भएको छ । कोरोना लागेर ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि भदौ २२ गते प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको उनको आइतबार मृत्यु भएको प्रदेश नं २ का स्वास्थ्य निर्देशनालयका निर्देशक डा विजय झाले बताए ।

भदौ २२ गते अस्पताल भर्ना भएकै दिन उनको स्वाब सङ्कलन गरी प्रयोगशाला पठाइएकोमा भदौ २४ गते उनी कोरोना पोजेटिभ रहेको रिपोर्ट आएको थियो । उनी उच्च रक्तचापका बिरामीसमेत रहेको बुझिएको छ । उनको मृत्युसँगै अब महोत्तरीमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १३ पुगेको जिल्लाका कोरोना फोकल पर्सन गिरेन्द्रकुमार झाले बताए ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्