पहिरोले पाँच घर पुरियो, एक जना बेपत्ता

बाग्लुङ, २९ भदौ । अविरल वर्षाका कारण आएको पहिरोले बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिशेरास्थित टुनीबोटमा आज बिहान पाँच घर पुरिएको छ भने एक जना बेपत्ता भएका छन् । घरमाथि बाट खसेको पहिरोले घर पुरिँदा ६१ वर्षीय हरिकृष्ण पौडेल बेपत्ता भएका हुन् ।

परिवारका अन्य पाँच सदस्य सकुशल रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए । पहिरोले पवित्रादेवी शर्मा, इन्द्र शर्मा, रत्नबहादुर क्षत्री र तारादेवी क्षत्रीको घरमा पूर्णरूपमा क्षति पुर्याएको प्रहरीले बताएको छ ।

घटनास्थलमा तत्कालै नेपाली सेना र प्रहरी परिचालन गरी उद्धारको काम भइरहेको बताइएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्