Rameshwor-Shrestha

नगरपालिकाका प्रमुख श्रेष्ठलाई कोराना सङ्क्रमण पुष्टि

काठमाडौं, ३० भदौ । ललितपुरको महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठलाई कोराना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सोमबार कोरोना परीक्षण गराउँदा राति नै सङ्क्रमण पुष्टि भएको जानकारी पाएको श्रेष्ठले बताए ।

उनले भने, “म हाल किष्ट मेडिकल कलेज ग्वार्कोमा उपचारका लागि बसेको छु । मसँग निकट रहेर काम गर्ने सबै साथीहरुलाई एकपटक कोरोना परीक्षण गर्न आग्रह गर्दछु ।”

त्यस्तै, बाराका एक कोरोना संक्रमितको उपचारको क्रममा वीरगञ्जमा मृत्यु भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१४ डुम्मरवाना बस्ने ५५ वर्षीया महिलाको नारायणी अस्पतालमा मृत्यु भएको हो ।

उनको उपचारको क्रममा गएराति मृत्यु भएको अस्पतालका प्रवक्ता एवम् वरिष्ठ चर्मरोग विशेषज्ञ डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिए । उनलाई हिजो नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।

मधुमेह र हाइपरटेन्सनको समस्याले ग्रसित उनमा कडा कोभिड निमोनिया देखिएको थियो । तत्कालै आइसियू कक्षमा राखेर उपचार सुरु गरिएको थियो । योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६२ पुगेको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्