narayangadh muglin sadak

नारायणगढ-मुग्लिन सडक : चार ठाउँमा ठूलो पहिरो सडक पुन: अवरुद्ध

चितवन, ३० भदौ। नारायणगढ-मुग्लिन सडकखण्डको चोर खोलामा फेरि सडक अवरुद्ध भएको छ । जिल्ला ट्राफिक कार्यालय चितवनका अनुसार सोमबार दिउँसो गएको पहिरो हटाएर एकतर्फी बाटो खुलाएलगत्तै राती १०ः ३० मा पुनः पहिरो गई सडक अवरुद्ध भएको हो ।

चितवनको इच्छा मनकामना गाउँपालिका ६ पाँचकिलो नजिक चोरखोलामा राती फेरि भारी वर्षात भएर पहिरो गएपछि सडक पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

सडकखण्डमा चार ठाउँमा ठूला र ठाउँठाउँमा साना पहिरा खसेपछि सडक पूर्ण सञ्चालन गर्न दिनभर लाग्ने भएको छ। सो सडकको घुमाउने, भालुढुङ्गा, चारकिलो र पाँचकिलोमा ठूला पहिरा खसेका छन् ।

डिभिजन सडक कार्यालय चितवनका इन्जिनियर शिव खनालका अनुसार पहिरो पन्छाउने काम बिहानदेखि सुरु भएको छ। थप पहिरो नखसेमा दिउँसोसम्ममा एकतर्फी सञ्चालन गर्न सकिने भए पनि पूरै सडक सफा गर्न साँझसम्म लाग्ने उनले जानकारी दिए । ती चार ठाउँमध्ये चार किलो र घुमाउनेमा पहिरो पन्छाउने काम भइरहेको छ ।

खनालले भने, “ती दुई ठाउँमा एकतर्फी भएसँगै उपकरण लगेर बिचका दुई पहिरो पन्छाउँछौँ ।” एकतर्फी सञ्चालन गरेर त्यहाँ अड्किएका सवारी साधन पार गराएपछि दुईतर्फी खुलाइने छ । सोमबार राति शुरुमा १०:३० बजे चारकिलोमा पहिरो खसेको थियो । रातको समयमा क्रमशः अन्य ठाउँमा पहिरो खसेको खनालले बताए ।

यसैबीच पाँचकिलोमा माथिबाट झरेको लेदोले सडक भरिएर छेउमा रहेका तीन घरमा लेदो पसेको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक कञ्चन तामाङका अनुसार सडकमा रहेको एउटा बोलेरो लेदोले भरिएको छ । लेदोले अन्य दुई घरको जग खोतलेको तामाङले बताए ।

सोमबार दिउँसो पनि सो सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो । साना पहिरा ठाउँठाउँमा भएकाले सङ्ख्या यकिन गर्न नसकिए पनि ती पहिरो पन्छाउन समय नलाग्ने उनको भनाइ छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्