corona test

मकवानपुरमा एक महिने शिशुमा कोरोना संक्रमण पुष्टि

मकवानपुर, ३० भदौ। मकवानपुरमा एक महिने शिशुमा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालाबाट मंगलबार विहान प्राप्त पीसीआर नतिजा अनुसार हेटौंडा–४, का एक महिने शिशु (बालक)मा कोरोना पुष्टि भएको हो ।

हेटौंडा आइसोलेसन वार्डका इञ्चार्ज “भोला चौलागाईं”का अनुसार शिशुकी ३६ वर्षीय आमालाई कोरोना पोजिटिभ देखिएपछि परिवारकोसमेत स्वाब संकलन गरी पीसीआर गरिएको थियो । ‘परिवारको अन्य सदस्यलाई भने कोरोना संक्रमण देखिएको छैन । सुत्केरीको समयमा अस्पतालमा बस्दा कोरोना संक्रमण भएको हुन सक्ने अनुमान हामीले गरेका छौं ।’ चौलागाईं भने ।

मकवानपुरमा एक वर्षभन्दा मुनीको शिशुमा कोरोना पुष्टि भएको यो पहिलो पटक हो । मंगलबार बिहान एक महिने शिशुसहित मकवानपुरमा थप १६ जनामा कोरोना पुष्टि भएको हो ।

चौलागाईंका भनाइ अनुसार उनी हेटौंडा अस्पतालमा सुत्केरी भएपछि उनि सोहि अस्पतालमा केही समय बिताएकी थिइन्। ‘शिशु र आमा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ। उनीहरु घरमै आइसोलेटेड भएर बसेका छन् । उनीहरुको स्वास्थ्यकर्मीको टोलीले निगरानी गरिरहेको छ ।’ उनले भने ।

यससंगै एक महिने शिशुसहित मकवानपुरमा कोरोना संक्रमित हुनेको संख्या १०६९ पुगेको छ भने ११ जनाले ज्यान गुमाइसकेका छन् ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्