यूटयूब सर्टस

अब टिकटकमा जस्तै भिडियो यूटयूबमा पनि बनाउन पाइने

सामाजिक सञ्जाल माध्यमा टिकटक एक अत्यन्तै चर्चित सामाजिक सञ्जाल हो । हाल टिकटक प्रयोग कर्ताको संख्या दिनानुदिन बढ्दै गइरहेको पाउन सकिन्छ । कतिपय त यही एपकै कारण सेलिब्रेटी सम्म बन्न भ्याए ।

तर धेरै देशहरुमा यसको भविष्यनै सङ्कटमा रहेकाले अरु एपहरुले यसको फाइदा उठाउन थालेका छन् । इन्स्टाग्रामले केही दिन अघि मात्रै टिकटक जस्तै फिचर भएको रिल्स फिचर सार्वजनिक गरेको थियो । अब यही बाटोमा युट्यूब पनि लागेको छ ।

यूटयूबले पनि टिकटक जस्तै फिचर भएको यूटयूब सर्टस निकालेको छ । यो एप भित्रकै सानो भिडियो बनाउन मिल्ने फरम्याट हो । कम्पनीले केही दिन अघि बाट नै मोबाइल एपमा भने सानो भिडियो किल्पहरु देखाउन थालिसकेको थियो ।

सर्टसमा भने टिकटक र रिल्स जस्तै भिडियो एडिट गर्न मिल्ने फिचर पनि रहेको छ । यो फिचर अहिले बेटा भर्सनको रुपमा भारतमा मात्रै उपलब्ध गराइएको छ । यी भिडियोहरु १५ वा त्यो भन्दा कम सेकेन्डको हुन सक्छन् र युट्यूबले केही ब्याकग्राउन्ड म्यूजिक पनि दिनेछ ।

धेरै जनाले चलाउन भनेर युट्यूबले यो फिचरलाई एपको तल बटन बनाएर राख्नेछ । यो फिचरलाई अहिले प्रतिक्रिया लिनको लागी मात्रै ल्याइएको हो । यो खबर आइसीटि समाचारबाट साभार गरिएको हो ।

यूटयूब सर्टस
यूटयूब

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्