तातोपानी नाका

नेपालसँगको व्यापारमा चीन असहयोगी

काठमाडौं, ४ असोज । नेपालसँगको व्यापारमा चीन असहयोगी बनेको छ। चीनले नेपालसँग उच्च राजनीतिक सम्बन्ध र लगानी बढाउँदै आए पनि सामान आयात–निर्यातमा भने सीमानाका बन्द गरेर असहयोग गरेको हो। चीनले सीमानाका बन्द गर्नुलाई व्यापारीले ‘हेपाहा प्रवृत्ति’ को संज्ञा दिएका छन् ।

नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार चीनले नेपालसँगको व्यापारमा देखिएका समस्या समाधानका लागि सहजीकरण गर्नुपर्नेमा उल्टै दुई प्रमुख व्यापारिक सीमानाका बन्द गरेको छ। उसले रसुवागढी र तातोपानी नाका बन्द गर्दा नेपाली व्यापारीलाई अर्बौ रुपैयाँ नोक्सानी भएको छ। सामान आयात–निर्यात बाधा भएको छ ।

नेपाल हिमालयन सीमापार वाणिज्य संघका महासचिव नवराज तिमल्सिना चीनले त्यहाँ उत्पादित सामान सडकमार्गबाट नेपाल ल्याउन असहयोग गरेको बताउँछन्। ‘अर्बौंका सामान महिनौंदेखि अलपत्र हुँदा पनि चीनले नाका बन्द गरेको छ,’ तिमल्सिनाले भने, ‘यो चीनको हेपाहा प्रवृत्ति हो।’

संघका अनुसार चीनबाट नेपाल आउन लागेका विभिन्न सामानसहितका १२ सय कन्टेनर सात महिनादेखि तिब्बतको केरुङमा रोकिएका छन्। तातोपानी नाकाबाट आउने करिब दुई सय कन्टेनर पनि चिनियाँ भूमिमा रोकिएका छन् ।

चीनबाट नेपालमा वार्षिक करिब दुई खर्ब रुपैयाँका सामान आयात हुन्छ। पोहोर चीनबाट एक खर्ब ८१ अर्ब रुपैयाँको सामान आयात भएको थियो। नेपालबाट एक अर्ब १९ करोड रुपैयाँका सामान चीनतर्फ निर्यात भएको थियो। चीनसँग नेपालको एक खर्ब ८० अर्ब व्यापार घाटा छ। यो समाचार आजको नागरिक दैनिकमा दिलीप पौडेलले लेखेका छन् ।

यो पनि पढ्नुहोस् :-

काठमाडौं, ४ असोज । गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले सिमानाभन्दा २ किलोमिटर यता नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रूपमा भवन बनाएको जानकारी दिए। यो व्यापारिक प्रयोजनका लागि रहेको जनाइएको छ। अध्यक्ष लामाले यी भौतिक संरचना के कुराका लागि भनेर थाहा नभएको बताए। आफूले बुझ्न खोज्दा चिनियाँ पक्षका जिम्मेवार अधिकारी सम्पर्कमा नआएको उनको भनाइ छ।

लिमी–लाप्चा सडक निर्माणका क्रममा सोही स्थानमा तीनवटा भवन २०६६ सालमा निर्माण गरिएको थियो। उक्त क्षेत्र नेपाली भूभाग भए पनि चिनियाँ सुरक्षाकर्मीले नेपालीलाई प्रवेश गर्न दिएका छैनन्। तर, चिनियाँ सुरक्षाकर्मी गाडी चढेर नेपाली भूभागमा ओहोरदोहोर गरेको अध्यक्ष लामाले बताए।

भवन बनाएको स्थानभन्दा एक किलोमिटर पर १२ नम्बर सीमास्तम्भ छ। त्यससँगै ११ नम्बर सीमास्तम्भ भने अहिलेसम्म पत्ता लगाउन नसकिएको वडा नम्बर ६ का अध्यक्ष पाल्जोर तामाङले बताए। पहिला भवन बनाउने बेला लिमीवासीले कुरा उठाउँदा दुवै देशका पशुको उपचार गर्ने चिनियाँ पक्षले बताएको अध्यक्ष तामाङको भनाइ छ। उनले अर्काको जमिनमा भवन बनाउन नाम्खा गाउँपालिकासँग समन्वय गर्नुपर्नेमा त्यसो नगरेको सुनाए।

प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले १२ नम्बर सीमास्तम्भ र नेपाली भूभागमा भवन बनेको जानकारीमा आएको बताए। त्यसबारे बुझ्न र सीमास्तम्भको अनुगमन गर्न संयुक्त सुरक्षा निकायको टोली लाप्चा पुगेको उनको भनाइ छ। प्रमुख जिल्ला अधिकारीसहित नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान र गाउँपालिकाका अध्यक्षको टोली भवन निर्माण गरिएको स्थानमा गएको हो। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्