मृत्यु

कोरोना संक्रमणबाट पहिलोपल्ट एक सैनिकको मृत्यु

काठमाडौं, ०४ असोज। कोराना संक्रमणका कारण नेपाली सेनामा कार्यरत एक सैनिकको मृत्यु भएको छ। काठमाडौंमा सेवारत रामेछाप घर भएका ती ३४ वर्षीय सैनिकको गत भदौ २९ गते मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार मृतक सैनिकको यही असोज १ गते कोरोना परीक्षणको नतिजा आएको थियो। यसैबीच नेपाली सेनामा हालसम्म कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको संख्या दुई हजार ५६ पुगेको छ ।

तीमध्ये ४०१ जनालाई निको भइसकेको भने एक हजार ६५४ सक्रिय सङ्क्रमित भएको सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए ।

यो पनि पढ्नुहोस् :-

चितवन, ४ असोज । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका एक कर्मचारी नहरमा मृतावस्थामा भेटिएका छन् । मृत्यु हुनेमा सिमरा घर भई विगत ११ वर्षदेखि अस्पतालमा काम गर्दै आएका ३२ वर्षीय सूर्य मिश्र रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

अस्पतालमा बिजुली मर्मतको काम गर्दै आएका उनको शव शनिबार अस्पताल हुँदै बगेको नहरमा भेटिएको थियो । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले घटना ह’त्या जस्तो देखिएको भन्दै थप अ’नुसन्धान प्रहरीले गर्ने बताए ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्