पर्वातारोही आङरिता शेर्पाको निधन

कीर्तिमानी पर्वातारोही आङरिता शेर्पाको निधन

काठमाडौं, ५ असोज । पर्वतारोही आङरिता शेर्पाको सोमबार निधन भएको छ । आज बिहान १० बजे निजी निवास जोरपाटीमा ७२ वर्षको उमेरमा उनको निधन भएको पासाङ ल्हामु फाउन्डेसनका महासचिव छेटु शेर्पाले जानकारी दिए । शेर्पा लामो समयदेखि विभिन्न रोगले ग्रसित थिए ।

उनले बिना अक्सिजन १० पटक सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए । यही कारणले गर्दा उनलाई हिम चितुवा उपनाम दिइएको थियो । उनको जन्म सोलुखुम्बुमा भएको थियो ।

शेर्पा सिकिस्त बिरामी परेपछि बाँसबारीस्थित न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । नेपाललाई विश्वमा चिनाउन उनको योग्दान अमुल्य रहेको छ । आङरिताले सन् १९८३ देखि सगरमाथाको आरोहण शुरु गरेका थिए ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्