दशैं आइसक्यो

सरिताको मनमा खुशी नछाएपछी गीतबाटै पोखिन बेदना हेर्नुहोस् भिडियो सहित

नेपालीको घर आँगनमा दशैं भित्रिन लाग्दा थुप्रै दशैँका गीतहरु पनि बजार भित्रिएका छन । यसैबिच सरिता अधिकारीको “दशैं आइसक्यो” बोलको गीत पनि सार्वजनिक भएको छ । अधिकारीलाई स्वरमा इश्वार सिंहले साथ दिएका छन् ।

गीतमा कोरोना भाइरसले गर्दा दशैं तिहार आउँदा खुसी हुनुपर्नेमा दुखित हुनुपरिरहेको लगायतका विषय समेटिएका छन् । गीतको शब्द तथा लय सिर्जना सरिता आँफैले गरेकी छन । तारानाथ आचार्यको संगीत संयोजन रहेको गीतलाई समीर रामदामले रेकर्ड गरेका हुन ।

तारानाथ आचार्यको निर्देशान् , गणेश सापकोटाको छायांकन तथा अङ्किता सापकोटाको श्रीङ्गार रहेको गीतमा समीर रामदामले सम्पादनअको जिम्मेवेरए निभाएका छन । डिजिटल स्टार युट्युब च्यानलबाट सो गीत सार्वजनिक भएको हो ।

२०६४ सालमा रेडियाे नेपालबाट स्वर परीक्षा उत्तिर्ण सरिताकाे गित संगितमै जीवन बिताउने धाेकाे छ । २२ वर्षकी अधिकारी दृष्टिविहिन हुन् । उनी पाेखराकाे हरिचोक बस्छिन् ।

रियालिटी गायन शो नेपाल आइडल ३ मा उनी टप १६ सम्म पुगेकी थिइन् । विभिन्न गायन प्रतियोगितामा भाग लिँदै आएकी उनले भजनहरुमा पनि आवाज भरेकी छन् ।

गीतको पुरै भिडियो हेर्नका लागी यहाँ क्लिक गर्नुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्