बला'त्कार

सामूहिक बला’त्कार गरी फ’रार रहेका १२ वर्षपछि पक्राउ

इलाम, ६ असोज । इलाममा जब’र्जस्ती क’रणी गरी फ’रार रहेका दुई अ’भियुक्त १२ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय इलामले चुलाचुली–३ का ३० वर्षीय मिलन भनिने अनिश राई र ३१ वर्षीय जितकुमार भनिने निश्चल राईलाई पक्राउ गरेको हो ।

फैसला कार्यान्वयन प्रक्रियालाई तीव्रता दिने अभियान अन्तर्गत अदालतबाट दो’षी प्रमाणित भई फ’रार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । विसं २०६४ मा झापा साधुहोली जङ्गलमा सामूहिकरूपमा जब’र्जस्ती क’रणी गरी फ’रार रहेका इलामका उनीहरुलाई विशेष खोजी अभियान नै सञ्चालन गरेर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।

उनका अनुसार दुवैलाई २०६७ फागुन ११ गते जिल्ला अदालतबाट ११ वर्ष एक महिना १५ दिन कै’द र जनही रु २१ हजार जरि’वाना तोकिएको थियो । दुवैलाई जिल्ला अदालतमा पेश गरेकोमा कै’द भुक्तानका लागि सोमबार कारा’गार कार्यालय इलाममा पठाइएको प्रहरीले जनाएको छ ।

उक्त मु’द्दामा एक जना हाल जिल्ला कारा’गार इलाममा कै’द भुक्तान गरिरहेका छन् । एक जना अझै फ’रार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्