arrest woman

बुटवलबाट सजाय सुनाइएका फरार व्यक्ति पर्वतबाट पक्राउ

पर्वत, ७ असोज । बैंकिङ क’सुरमा उच्च अदालत बुटवलबाट सजाय सुनाइएका फरार व्यक्ति मंगलबार पर्वतबाट पक्राउ परेका छन । पर्वतको जलजला गाउँपालिकाका ३० बर्षिय कृष्णबहादुर कार्कीलाई जिल्ला प्रहरी कार्यालय पर्वतले उनको गाउँबाट पक्राउ गरेको हो ।

पक्राउ परेका कार्कीलाई जिल्ला अदालतमा पेश गरि का’रागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । उच्च अदालत बुटवलले २०७६ वैशाख ८ गतेको फैसलाले ६ महिना कैद र ९ लाख ९० हजार रुपैया जरिवाना तोकेको थियो ।

यो पनि पढ्नुहोस् :-

काठमाडौं, ७ असोज । खेलिरहेका बाल–बालिकालाई लोभमा पारेर कानको मुन्द्रा लु’ट्ने महिलालाई प्रहरीले पक्रेको छ । पक्राउ पर्नेमा म्याग्दी घर भएकी सन्दिपा खत्री रहेको प्रहरीले जनाएको छ । महानगरीय अ’पराध महाशाखा र प्रहरी वृत बौद्धको टोलीले उनलाई जोरपाटीबाट पक्राउ गरेको हो ।

नेपालटार बस्ने खत्रिले बालाजु, सोह्रखुट्टे, कपन, काँडाघारी र कोटेश्वर क्षेत्रमा ‘मुन्द्रा लु’टपाट आ’तंक’ मच्चाएकी थिइन् । पछिल्लो २ महिना यता काठमाडौं उपत्यकामा मुन्द्रा लु’ट्ने नयाँ शैलीको ‘अ’पराध ट्रेण्ड’ देखिएपछि अ’पराध महाशाखाले लु’टपाटमा संलग्नलाई पक्राउ गर्न ‘ए’म्बुसिङ’ गरेको थियो ।

लु’टेको मुन्द्रा किन्ने काभ्रे रोशी गाउँपालिका घर भएका ३० वर्षीय मुरली बिकलाई पनि प्रहरीले पक्राउ गरेको छ । बिकको ललितपुर महानगरपालिका–६ कनिबहालमा सुन पसल छ । सन्दिपाले लु’टेको सुन मुरलीले गालेर गहना बनाउँथे ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्