हल्का टुच्च

हल्का टुच्चको चुलियो चर्चा, बिसंगती बिरूद्घ कडा प्रहार

पोखरेली प्रतिभावान कलाकारहरुको अभिनय रहेको हल्का टुच्चले दर्शकहरुको मन जित्दै गैरहेको छ । करिब १ महिना अगाडी बाट सुरु भएको हल्का टुच्चले छोटो समयमै दर्शकलाई आकर्षित गर्न सफल भएको हो ।

राम बास्तोलाको निर्देशन रहेको यस टेली शृंखलामा लेखन पनि उनकै रहेको छ । जसमा बज्र राज अधिकारीले सहजीकरण गरेका छन । युट्युब बाट पनि हरेक साता प्रसारण हुने यो श्रृंखलामा कलाकारको रुपमा राम बस्तोला, बज्र राज अधिकारी, प्रज्वल भिरकोटि, रिता क्षेत्री, सरिता धनकुटि र पुष्पा लोहनी रहेका छन् ।

नेपाली समाजमा देखिएका विभिन्न समस्या र बेथितिलाइ ब्यांग्यात्मक रुपमा प्रस्तुत गर्न हल्का टुच्च टेली शृंखला सफल भएको छ । सबैको प्रतिकृया राम्रो आउँदा काम गर्न झन उर्जा थपिएको निर्माता तथा निर्देशक बाँस्तोला बताउँछन ।

हल्का तुच्चको ७ औँ शृंखला हेर्नको लागी यहाँ क्लिक गर्नुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्