बिदा पाउदिन

नेपाल प्रहरीमा कार्यरत कर्मचारीहरुको यथार्थ कहानी दशैको गीतमा (भिडियो सहित)

नेपाल प्रहरीमा कार्यरत सुर्य प्रकाश बिसी गीत संगीतमा पनि त्यतिकै अब्बल छन । बिध्यमान देशको परिस्थिति, कोभिड-१९ को महामारीको पिडालाई उनले दशैँ गीत “बिदा पाउदिन” मार्फत व्यक्त गरेका छन ।

पूर्णकला बिसी र इश्वर सिंहको आवाजमा रहेको यस गीतको लय तथा शब्द सिर्जना पनि बिसीले नै गरेका हुन । गीत पूर्णतया अहिलेको कोरोना कहर र दशैँ नजिक आइरहेको बेलामा अग्रपंतीमा सुरक्षा दिएर खटिएका ती नेपाल प्रहरी कर्मचारीहरुको यथार्थ कहानीमा आधारित छ |

डिजिटल स्टार प्रालीको प्रस्तुतीमा रहेको बिसिको यस गीतले सबै जवानहरुको कहानीको प्रतिनिधित्व गर्दछ । सबैको साथ, समर्थन अनि हौसला पाएका सुर्य प्रकाश बिसी आगामी दिनमा पनि देश र जनताको सुरक्षा गर्दै गीत संगीतलाई पनि अगाडी बढाउने प्रत्यनामा छन ।

गणेश सापकोटाको छायांकन, सुबाश अमगाईको सम्पादनमा रहेको यस गीतको संगीत संयोजन तथा निर्देशन तारानाथ आचार्यले गरेका छन । अभिनयतर्फ भने सरिता दनाकुटी र सुर्य प्रकाशसंगै जीवन, भुवन, निराजन, शेर लगायतलाई देख्न सकिन्छ ।

गीतको पुरै भिडियो हेर्नको लागी यहाँ क्लिक गर्नुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्