मृत्यु

कोरोना संक्रमणबाट मृत्‍यु हुनेको संख्या ९ लाख ८७ हजार भन्दा बढि

विश्वभर कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ लाख ८७ हजार बढि पुगेको छ । वल्डोमिटरका अनुसार यो समाचार तयार गर्दा सम्म कोरोना भाईरस (कोभिड १९) को संक्रमणका कारण ९ लाख ८७ हजार ७४२ जनाको मृत्यु भैसकेको छ । ३ करोड २४ हजार बढि मानिसहरु भने यस भाइरसबाट संक्रमित भएका छन् ।

हालसम्म २ करोड ३९ लाख २८ हजार बढि मानिसहरु संक्रमणमुक्त भएका छन् भने, ७४ लाख ७९ हजार बढिको उपचार भैरहेको छ । उनिहरु मध्ये ६३ हजार ३ सय बढिको अवस्था गम्भिर रहेको छ । ७४ लाख ३४ हजार बढिको अवस्था भने सामान्य रहेको वल्डो मिटरले जनाएको छ ।

हालसम्म सवैभन्दा धेरै अमेरीका, ब्राजिल र भारत यस भाइरसबाट प्रभावित भएका छन् । चिनको वुहानबाट सुरु भएको कोरोना भाईरस अहिले विश्वका २१५ देशमा फैलिएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्