प'हिरो

बुटवल पहिरो : कैयौँ बस्ती बिस्थापित, ५ घाइते

बुटवल, १० असोज । रातभरको भीषण वर्षाका कारण सिद्धार्थ राजमार्ग अन्तरगर्त बुटवल तानसेन सडक खण्डको दर्जनभन्दा बढी स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । बुटवल तानसेन सडकखण्डमा पर्ने तिनाउ गाउँपालिका बिभिन्न ठाउँमा पहिरो गएका कारण सडक अवरुद्ध भएको ट्राफिक प्रहरी कार्यालय प्रदेश ५ बुटवलले जनाएको छ ।

कार्यालयका अनुसार रातीदेखी नै तिनाउ गाउँपालिका १३ चरचरे, पावर हाउस, सिसुवा, पानीमिल, गौडेपुल, सिद्धबाबा मन्दिर लगायतका ठाउँमा पहिरो खसेको छ । सडक अवरुद्ध भएपछि बुटवल पाल्पा, गुल्मी, स्याड्जा चल्ने सवारी साधनहरु रोकिएका छन् । पहिरो हटाउन पहल भईरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै पहिरोकै कारण रुपन्देहीका विभिन्न स्थानमा एक दर्जन घरमा क्षति पुर्याएको छ भने ५ जना घाइते भएका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिका, तिलोत्तमा नगरपालीका, देवदह तिलोत्तमा, मर्चवारी गाउँपालिका र सम्मरीमाई गाउँपालिका बिभिन्न स्थानमा कच्ची घरहरुमा क्षति भएको छ । केही स्थानमा बस्तीहरु डुबानमा परेका छन् भने केही घर बाढीले बगाएको छ ।

तिलोत्तमा नगरपालिकामा बाढीले तीन वटा घर बगाएको छ । तिलोत्तमा नगरपालिका ११ गणेशनगरका धन बहादुर सार्कीको टिनले छाएको कच्ची घर र बुङगुरको खोर बगाएको छ भने सोही ठाउँका रघुबिर दमाईको टिनले छाएको कच्ची घर र मेन बहादुर रुचालको टिनले छाएको कच्ची घर बगाएको बगाएको छ ।

यस्तै, लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर १३ वडउलिया स्थित बलिराम हरीजनको एक तले एक कोठे खरले छाएको कच्ची घर अबिरल बर्षाका कारण भत्किन जाँदा २६ वर्षकी कुसुम हरीजनको दाहिने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । यस्तै देवदह नगरपालिका–१० रम्बादेवीटोल स्थितमा चरंगे खोलाको किनार रहेका एक घर बाढीले बगाएको प्रहरीले जनाएको छ भने वर्षाले मर्चवारी गाउँपालिका र सम्मरीमाई गाउँपालिकामा पनि क्षति पुर्याएको छ ।

मर्चवारी गा.पा. ७ मन्झरिया बस्ने बर्ष ३० को धरमेन्द्र चामरको टिनले छाएको घरको उत्तर तर्फ देवाल भत्केको प्रहरीले जनाएको छ । सोही ठाउँमा बर्ष ७० को असुरुल्ला फकिर, अबले रहमद फकिर, निवास नाउ, युनेस फकिरको कच्चि घरका पनि भत्केको प्रहरीले जनाएको छ । यस्तै, सम्मरिमाई ५ देबन्डि बस्ने बर्ष ४० कि पर्बावति मल्लाहाको टिन र फलामको डण्डिले बनाएको घरको दक्षिणतर्फ राखिएको इट्टा भत्कदाँ ४ जना घाईते भएका छन् । उनीहरुको भिम अस्पताल भैरहवा उपचार भईरहेको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्