दुर्घटना

झापामा माइक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापा, १० असोज । झापाको बिर्तामोड नगरपालिकामा माइक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । शुक्रबार राति बिर्तामोड–५ मा बा४ख ५१०० नम्बरको माइक्रो बसले पैदलयात्री पाँचथर याङ्बरक–३ का ५० वर्षीय बृखध्वज लिम्बूलाई ठक्कर दिएको थियो ।

माइक्रोको ठक्करबाट गम्भीर घाइते लिम्बूको उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए । ठक्कर दिने माइक्रो र चालक भद्रपुरका बाबुराम कट्टेललाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको प्रहरीले जनाएको छ ।

त्यस्तै, भरतपुर महानगरपालिका वडा नम्बर १२ टिकौली जङ्गलमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १४ का अन्दाजी ३४ वर्षीय पुरन गिरी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार पूर्वपश्चिम राजमार्गमा रत्ननगरबाट भरतपुरतर्फ आईरहेको ना ५ ख १३६४ नं।को ट्रकले ना ६४ प ८३६३ नं. को मोटरसाइकललाई ठक्कर दिँदा गिरी गम्भीर घाइते भएका थिए।

घाइते गिरीको उपचारका क्रममा भरतपुर अस्पतालमा शुक्रबार राति १०ः२० मा मृत्यु भएको हो । ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । दुर्घटना शुक्रबार राति ९ः५० बजे भएको हो ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्