प्रज्वल निरौला

नेपाली युवा प्रज्वल निरौला सहितको टोलीले पत्ता लगायो पृथ्वी जस्तै अर्को ग्रह

काठमाडौं, ११ असोज । खगोलशास्त्री एक नेपाली अनुसन्धानकर्ता सम्मिलित समूहले पुथ्वि जस्तै अर्को ग्रह पत्ता लगाएका छन् । काठमाडौंका २८ वर्षीय युवा प्रज्वल निरौला सम्मिलित समूहले नयाँ ग्रह पत्ता लगाएका हो । अमेरिकाको मासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीमा प्लानेटरी साइन्समा पीएचडी गर्दै गरेका काठमाडौं मैतीदेवीका निरौलाको समूहमा मुख्य भूमिका छ ।

सौर्यमण्डल बाहिरको ग्रहको अध्ययन गर्न निरौलासहित अमेरिका, बेल्जिय, बेलायत, स्विजरल्याण्ड लगायत मुलुकका २८ जना अनुसन्धान कर्ताको टोली खटिएको थियो । उक्त ग्रहसम्बन्धी अनुसन्धानात्मक आलेख एस्ट्रोनोमिकल जर्नलमा सेप्टेम्बर २१ मा प्रकाशित भएको थियो । यो ग्रहलाई अमेरिकी अन्तरिक्ष श्रेत्र नासाले समेत मान्यता दिएको छ ।

निरौलाले नयाँ ग्रहको खोज र विशेषताहरुको अध्ययन गर्दै आएका छन । उनका अनुसार यो ग्रह स्पेकुलस टेलिस्कोपको मद्दतबाट पत्ता लागेको हो । यस ग्रहको नाम के२-३१५बी राखिएको छ । के२-३१५बी नामक ताराको वरिपरि घुम्ने भएकाले यसको नाम के२-३१५बी राखिएको निरौलाले बताए ।

उनका अनुसार यो ग्रह पृथ्विबाट १ सय ८५ प्रकाश वर्ष टाढा छ । यसमा अत्यधिक १८५ डिग्री तापक्रम रहेकाले यसमा जीवनको सम्भावना नरहेको बताइएको छ ।

प्रज्वल निरौला

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्