जमिन भासिएपछि

जमिन धुजाधुजा भएर भासिएपछि २६ घर भत्किए: सिंगो गाउँनै पहिरोको जोखिममा

सन्धिखर्क, ११ असोज। अर्घाखाँचीको शितगंगा नगरपालिका–१२ को कोठिया जमिन भासिएपछि गाउँले त्रासमा छन्। कोठिया मैदानमा जमिन धुजाधुजा भएर भासिएपछि ४० घरपरिवार रहेको सिंगो गाउँनै पहिरोको जोखिममा परेको शितगंगा नगरपालिका–१२ का वडा अध्यक्ष बाबुराम गैरे बताए।

उनका अनुसार अहिलेसम्म २६ घर भत्किएका छन्। अन्य १४ घर पहिरोको उच्च जोखिममा छन्। पहिरोले मानवीय क्षती नगरे पनि घर बगाएको छ। घरमा पालेका भैँसी, गाई, गोरु, बाख्राको बिचल्ली भएको छ। घरमा बचेका सामान स्थानीय बासिन्दा, प्रहरी, नेपाली सेनाले निकालेको छ।

गाउँले कहाँ बस्ने भन्ने चिन्तामा रहेको शितगंगा नगरपालिकाका नगर प्रमुख सूर्यप्रसाद अधिकारी बताउँछन्। सबै परिवारलाई तत्काल स्थानीयको घरमा र कोठिया मैदानको चौरमा बस्ने व्यवस्था मिलाइएको उनको भनाइ छ। आजको अन्नपूर्ण पाेस्ट दैनिकमा खबर रहेकाे छ ।

अर्घाखाँची

सत्य तथ्य समाचारको लागि दियान मिडिया भिजिट गर्नुहोस।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *