भाटभटेनी

भाटभटेनीका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भनिएको कुरा सत्य होइन: प्रवन्धक

पोखरा, ११ असोज। पोखराको न्यूरोड स्थित भाटभटेनी सुपर मार्केटका कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टि नभई हिम इलेक्ट्रोनिक्स सामसुङका कर्मचारी भएको बुझिएको छ ।

भाटभटेनी पोखराका प्रवन्धक विनोद भट्टराईले भने भाटभटेनीका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भनिएको छ, त्यो सत्य होइन। हाम्रो स्टोर्समा विभिन्न कम्पनिहरुले सेल्स प्रतिनिधि राख्ने गर्दछन् । उनिहरुले बेलाबेलामा आएर आफ्नो कम्पनिको सामानको अवस्था, व्यापारको स्थिति र उपभोक्ताको प्रतिक्रिया लिएर जाने गर्दछन् । त्यसै मध्येको सामसुङका आधिकारीक बिक्रेता भाइलाई देखिएको हो ।

भट्टराईका अनुसार ति व्यक्ति यस अघि पनि कन्ट्याक ट्रेसिङमा परेका व्यक्ति हुन् । उनि यस अघि पनि ट्र्सिङमा परेर एक हप्ता घरमा बसेका थिए । त्यसपछि उनि आफै सजग भएको देखिएको छ । भट्टराईले भने – “हाम्रो स्टोर्समा आउदा पनि सामाजिक दुरी कायम गर्ने अरुसंग नजिक नपर्ने, खाजा पनि बाहिर गएर खाने गर्दथे ।

तर उनको कोरोना संक्रमण पुष्टि भएपछि हामीले स्वास्थ्य कार्यालयसंग सल्लाह गर्यौ ।” उहाँहरुको सुझाव अनुसार उनको नजिक आएका एक जना व्यक्तिलाई घरमै बस्न र स्वास्थ्य सचेतना अपनाउन भनेको उनले बताए । भट्टराईका अनुसार १०/१२ दिन देखि उनि भाटभटेनी आएका थिएनन् ।

ति व्यक्तिको केहि समय पहिला दुर्घटनामा परेर टाउकोमा चोट लागेको र टाउकोमा राखिएको स्टिल झिक्न अप्रेसन गर्न जाने क्रममा पिसिआर टेस्ट गर्दा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको जनाइएको छ ।

यसैबीच ति व्यक्तिबाट भाटभटेनीमा संक्रमण फैलीने कुनै पनि संभावना नभएकाले भाटभटेनी बन्द नरहेको भट्टराईले जानकारी दिए। “हामी पनि सचेत छौँ, हामीकहाँ आउने हाम्रा सेवाग्राहीको हामीलाई पनि चिन्ता हुन्छ, उनले भने। हाम्रा ग्राहकको चिन्ता हामीलाई पनि छ, हामी यसमा सचेत छौ र सुरक्ष्ति तरिकाले काम गरिरहेका छौँ ।”

भट्टराईले फेरि दोहोर्याए – “हामीले भाटभटेनीमा आउने प्रत्येक ग्राहकको तापक्रम परीक्षण गरेर,अनिवार्य माक्स त्यसपछि हातमा सेनेटाइजर लगाएर सामान खरिद गर्नका लागि प्रवेश दिन्छौ। हामी कहाँ आउने ग्राहकको सुरक्षालाई हामीले ध्यानमा राखेका छौं भने हाम्रा सबै कर्मचारीहरुले पनि उच्च सतर्कता अपनाएका छन्, आजका दिनसम्म सबै शाखाका कर्मचारीहरु सुरक्षित छन् ।”

सत्य तथ्य समाचारको लागि दियान मिडिया भिजिट गर्नुहोस।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्