किम जोङ

किम जोङले दक्षिण कोरियाली अधिकारी हत्या गरेको घटनामा मागे माफी

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले दक्षिण कोरियाली अधिकारी हत्या गरेको घटनामा माफी मागेका छन् । किमले दक्षिण कोरियाली अधिकारीको हत्याको विषयमा माफी मागेको दक्षिण कोरियाको राष्ट्रपतीय कार्यालयले जानकारी दिएको छ ।

किमले दक्षिणका राष्ट्रपति मुन जाय इनसँग कुराकानी गर्दै दक्षिण कोरियाली अधिकारीको हत्या भएकोमा माफी मागेको बिबिसीले लेखेको छ । यो पनि दक्षिण कोरियाका अधिकारीलाई उत्तर कोरियाले हत्या गरी जलाएको आरोप दक्षिण कोरियाली अधिकारीका अनुसार हालै एक ४७ वर्षीय दक्षिण कोरियाली नागरिक देश छाडेर उत्तर कोरिया भागिरहेका थिए ।

जब उनी डुंगा चढेर उत्तर कोरियाको समुद्री क्षेत्रमा पुगे तब उनलाई उत्तरका सेनाले गोली हानेका थिए । त्यसक्रममा उनको मृत्यु भएको थियो । हाल उत्तर कोरियाले सिमानामा कडा नियम लागू गरेको बिबिसीले उल्लेख गरेको छ ।

कोरोना भाइरस (कोभिड १९) आफ्नो देशमा फैलन नदिन उत्तर कोरियाले सीमाबाट अवैध रुपमा छिर्नेलाई गोली हान्न आदेश दिएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *