मुस्तफा अदिब

लेबनानका प्रधानमन्त्री मुस्तफा अदिबले दिए राजीनामा

लेबनानका प्रधानमन्त्री मुस्तफा अदिबले राजीनामा दिएका छन्  । सुधारवादी सोचका साथ प्रधानमन्त्री बनेका मुस्तफाले आफ्नो प्रयास विफल भएपछि राजीनामा दिएकाे बताएका छन् । 

प्रधानमन्त्री अदिबले नयाँ सरकार गठन गर्न नसकेकोमा जनतासँग माफी माग्दै राजीनामा दिएका हुन्-‘म सरकार गठनको कामलाई निरन्तरता दिन नसकेकोमा माफी माग्न चाहन्छु’, अदिबले एक टेलिभिजन सम्बोधनमा भनेका छन् ।

अगष्ट ३१ मा चयन भएदेखि नै मुस्तफा अदिबमाथि अरबौं डलरको वैदेशिक सहायतालाई निरन्तरता दिन र आवश्यक सुधार गर्न नयाँ मन्त्रिपरिषद् गठन गर्न दबाब थियो । उनको त्यो प्रयास विफल भएपछि राजीनामा दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्