कपडाको मास्क

कपडाको मास्क लगाउने र व्यवस्थापन गर्ने ९ तरिका

कोरोना भाइरसको संक्रमण फैलिरहेको समयमा विज्ञहरुले सबैलाई अनिवार्य रुपमा मास्क प्रयोग गर्न सुझाव दिइरहेका छन्। सकेसम्म सर्जिकल मास्क प्रयोग गर्ने र सर्जिकल मास्क नभएमा कपडाको भए पनि मास्क प्रयोग गर्न विज्ञको सुझाव छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि सकेसम्म घरबाहिर ननिस्कन र निस्कनै परेमा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न जोड दिएको छ। मन्त्रालयले मास्क प्रयोग गर्ने तरिकाका विषयमा पनि जानकारी दिँदै आइरहेको छ।

मन्त्रालयले सर्जिकल र कपडाको मास्क लगाउने तरिका र व्यवस्थापनका विषयमा पनि सुझाव सार्वजनिक गर्दै आइरहेको छ। यहाँ कपडाको मास्क लगाउने तरिका र त्यसको व्यवस्थापनका विषयमा जानकारी दिइएको छ।

कपडाको मास्क लगाउने तरिका

  • मिचिमिची कम्तीमा २० सेकेन्ड साबुन–पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने।
  • मास्क च्यातिएको छ कि छैन वा सफा छ कि छैन हेर्ने।
  • मास्क लगाउँदा डोरीमा समाई अनुहारमा टम्म मिल्ने गरी लगाउने।
  • नाक, मुख र च्युँडो ढाकिने गरी लगाउने।
  • सकभर मास्कलाई हातले नछुने।
  • डोरी मात्र समाई मास्क फुकाल्ने।
  • कपडाको मास्कलाई फेरि प्रयोग गर्न मिल्छ। फुकालेको मास्कलाई सफा र सुख्खा हुनेगरी राख्ने।
  • मास्क फुकालेपछि साबुन–पानीले मिचिमिची कम्तीमा २० सेकेन्ड हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने।
  • प्रयोग गरेको मास्कलाई हरेक दिन साबुन–पानीले धुने र घाममा सुकाउने। -स्वास्थ्य खबरबाट
कपडाको मास्क

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *