२०७७ मंसिर १६ मंगलवार, प्रतिपद – विश्व एड्स दिवस – 01 Dec 2020
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ – जनताको काम तथा सामाजिक काम गर्दा ध्यान दिनुहोला काम बिग्रने हुँदा मान सम्मानमा दाग लाग्न सक्छ । कार्यक्षेत्रमा आफ्नै सहयोगीले फसाउन सक्छन्,ध्यान दिनुहोला । तपार्ईँको राम्रा विचारलाई अरुले गलत तरिकाले व्याख्या गरी साख गिराउन खोज्नेछन् । बिद्या तथा प्रतिस्पर्धामा अरुनै हावी हुनाले चाहेको सफलता प्राप्त गर्न कठिन हुनेछ । राज्यसँग नजिक रहेर गरीने कुनै पनि काम गर्दा ख्याल गर्नुहोला ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – हाँकेको ताकेको काममा सफल भइने छ । रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । मनग्ये धन आर्जन होला । पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह – प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुनसक्छ। शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। मध्याह्नदेखि स्थितिमा सुधार आउनाले नयाँ काम गर्ने अवसर जुट्नेछ। विशेष भेटघाटले उत्साह जगाउनेछ। प्रयत्न गर्दा सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हातलागी हुने समय छ। दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो – यात्राका क्रममा उपलव्धी मुलक कामहरु गर्न सकिनेछ । औषधीजन्य व्यापारमा लगानी गर्नेहरुले मनग्गे आम्दानी गर्न सकिने तथा आर्थिक रुपमा सम्पन्न हुने समय रहेकोछ । पढाइ लेखाइ बिभिन्न कारणले बिग्रन सक्छ ध्यान दिनुहोला । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । भौतिक सम्पती तथा सवारी साधन प्राप्तीको गतिलो योग रहेकोछ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे – दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक कामको दायित्व बढ्नेछ । काममा मान्यजनको सहयोग प्राप्त हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा राम्रो फाइदा छ, अहिलेको लगानीले दीर्घकालमा फाइदा पुग्नेछ । ज्ञान र बुद्धिको क्षेत्रका सफल भइने छ । हाकिम, गुरुवर्ग वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो – प्रतीक्षा गरिएको नतिजा सकारात्मक नहुन सक्छ। सहयोगीहरूले साथ दिन छाड्नेछन् भने अस्वस्थताले कमजोर महसुस हुनेछ। व्यवसायमा सोचेको फाइदा नउठ्न सक्छ। मध्याह्नपछि प्रातिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा अधिकार जमाउन सफल भइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते – प्रयत्न गर्दा महत्पपूर्ण कामहरु सम्पादन हुनेछन् । पछी सम्म लाभ हुने व्यापार व्यावसाय सुरु गर्न सकिनेछ । आम्दानी बढ्ने हुदा लगानी गर्ने अवसर जुर्नेछ । आफन्त तथा जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । कृषि सहकारी व्यावसायलाई समय सापेक्ष परिमार्जन गरी मनग्गे आम्दानी बढाउन सकिनेछ ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु – कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइने छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । घरायसी प्रयोजनका सुखसुविधाका सामाग्रीको किनमेल गरिने छ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – विवादास्पद अभिव्यक्तिले समस्या निम्त्याउला। साेचेकाे समयमा काम पूरा नहुन सक्छ। तापनि अध्ययनमा प्रगति हुनेछ र ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। मध्याह्नपछि प्रतिस्पर्धा बढ्नेछ भने प्रतीक्षा गरिएको नतिजा कमजोर रहनेछ। शुभचिन्तकहरूको साथ जुट्नाले रोकिएका काम बन्नेछन्। मिहिनेतले प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। व्यापार–व्यवसायमा लाभ हुनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि – कामगरी अरुलाई प्रभावित पार्न सकिनेछ भने समाजमा मान सम्मानमा बृद्धि भएर जानेछ । अध्ययनमा प्रगती हुनेछ भने अरुलाई पछी पार्दै नतिजा आफैतिर ल्याउन सकिनेछ । राजनीति गर्नेहरुले राज्यबाट पद पाउने समय रहेकोछ । विलासी वस्तुको प्रयोग मार्फत अरुको मन लोभ्याउन सकिनेछ । आम्दानीका नयाँ स्रोतहरु फेला पार्न सकिने तथा व्यापार व्यावसायमा लगानी गरी यथेष्ट लाभ लिन सकिनेछ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द – हतारको निर्णयले काम बिग्रन सक्छ । रोकिएका घरेलु कामकाज सिद्ध्याउन निकै खट्नु पर्नेछ । महत्वाकाङ्क्षा त्यागेर अघि बढ्नु होला । आजको योजना र लक्ष्यको समुचित प्रतिफल आउने छैन । मान्यजनको सुझाव अप्रिय लाग्नेछ । परिवारजनमा असमझदारी बढ्नेछ । मातृधनको उपयोग हुन सक्दैन । पशुधन र जमिनबाट पनि बेफाइदा हुनसक्छ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि – मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। मध्याह्नपछि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ। काम राेकिने र फजुल खर्च बढ्ने समय छ तापनि केही काम सम्पादन हुनेछन्। प्रयत्न गर्दा देश–विदेश घुम्ने अवसर प्राप्त हुनेछ।
राशिफलले जे जस्तो भने पनि तपाईंको दिन शुभ रहोस् ।