२०७७ मंसिर १८ बिहिवार, त्रितिय – अन्तर्राष्ट्रिय अपाङ्ग दिवस – 03 Dec 2020
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ – काम र पठन–पाठनमा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्नसक्छन् । आफ्ना कमजोरीमाथि टिप्पणी हुनसक्छ । बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिनेछन् । तर ध्यान पुर्याउन सकेमा विगतको श्रमबाट भने लाभ हुनेछ । फाइदा अलि कममात्र हुने समय छ । मान–सम्मानमा गिरावट आउने छ ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – कमजोरीले चिन्ता बढाउनेछ भने परिस्थितिवश चिताएको काम रोकिन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्ला। अरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। मध्याह्नपछि व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। आँटले काम पूरा हुनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह – स्वास्थ्य सबल हुनाले उपलव्धी मुलक कामहरु गरेर दैनिक जीवन फेरिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा गरीएको लगानीबाट भनजस्तो नतिजा आउँने हुदा मन प्रशन्न हुनेछ । अध्ययन अध्यापनमा प्रगती गर्न सकिने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा नजिक हुनेसमय रहेकोछ भने दिदि बहिनीको सहयोगले राम्रा कामहरु गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा आकस्मिक धन प्राप्तीको योग रहेकोछ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो – साझेदारीमा फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् । परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे – स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। मिहिनेतले प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। हिम्मत गर्दा जटिल काम समेत सजिलै सम्पादन हुन सक्छ। मध्याह्नपछि घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। तर, विचार नमिल्नाले आफन्तसँग मतभेद हुन सक्छ। वादविवादले साथीभाइमा फाटो ल्याउन सक्छ। आतिथ्य खर्चिलो बन्ने देखिन्छ। व्यापारमा भने फाइदा हुनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो – आकश्मिक धन तथा सम्पती लाभ हुनेयोग रहेकोछ भने शेयर बजार तथा सट्टाको व्यावसायबाट प्रशस्त नाँफा कमाउन सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने शिक्षा क्षेत्रमा गरीएको लगानीबाट मनग्गे धन लाभ हुनेछ । भौतिक सम्पति तथा विलाशी वस्तुहरुको प्रयोग गर्न पाइने हुनाले मन प्रशन्न हुनेछ । नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउने तथा मायामा सामिप्यता बढेर जानेछ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते – काम बिग्रने भयले सताउला । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा खोजेको उपलब्धी हासिल हुनेछ । परिवारजनले पनि सहयोगका लागि तत्परता देखाउनेछन् । गोप्य रहस्य पत्ता लगाउन सकिने छ । नसोचेको धन लाभ हुन सक्छ । सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ । इष्टदेवको पूजा–उपासना गर्दा फाइदा होला ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु – स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। मध्याह्नपछि भने आफन्तहरू टाढिन सक्छन्। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। अरूका लागि श्रम तथा बुद्धि खर्चनुपर्ला। पशुधनबाट लाभ उठाउन सकिनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – समाजमा बोलिको प्रभाव बढ्ने हुनाले बोलेरै थेरै कामहरु गर्न सकिनेछ । व्यापारमा वढोत्तरिको योग रहेकोछ भने नयाँ व्यावसाय सुरु गर्न सकिनेछ । कुटुम्बसँगको सम्बन्धमा सुधार हुनेछ भने आफन्तको सहयोगले कामहरु समयमा नै सकाउन सकिनेछ । पारिवारिक जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा रमाउँन चाहनेहरुलाई समयले साथ दिनेछ भने जीवन साथीसँग थप आत्मियता बढ्नेछ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि – दैनिक कामकाज र बन्दव्यापारमा राम्रै छ । शैक्षिक, प्राज्ञिक र बौद्धिक क्षेत्रका लागि समय निकाल्न सकेमा प्रगति हुनसक्छ । गुरुजन, अभिभावक र साथीभाइले दिएको सल्लाहाबमोजिम मानप्रतिष्ठा र सामाजिक मर्यादाका लागि गरेको प्रयास सफल हुनेछ । सन्ततिको पठनपाठन र व्यक्तित्वविकासको चिन्ताले सताउन सक्छ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द – बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। समय दिन नसक्दा काम बिग्रन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। अनियन्त्रित खर्चले मन पिरोल्न सक्छ। तापनि मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। मध्याह्नपछि पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। सहयोगीहरूले साथ दिनेछन् भने नयाँ कामको प्रस्ताव आउनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि – व्यावसायमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ भने ईच्छित चाहनाहरु पूरा हुने हुनाले मन चङगा हुनेछ । भुमि बाहन तथा पैत्रिक सम्पतीको उपयोग गरी थप फइदा लिन सकिनेछ । दाजु तथा अग्रजको सहयोगले उपलव्धीमुलक कामहरु गर्न सकिनेछ । अध्ययनमा अध्यापनमा मन जाने हुनाले नयाँ कुराको खोजमा समय बित्नेछ । माया प्रेममा रमाउन सकिने समय रहेकोछ ।
राशिफलले जे जस्तो भने पनि तपाईंको दिन शुभ रहोस् ।