टिकटक

टिकटक प्रतिबन्ध गर्न ट्रम्पको आदेशमाथि अमेरिकी अदालतको रोक

अमेरिकामा एक न्यायाधिसले चीनको भिडियो सेयरिङ एप टिकटकबारे ट्रम्प प्रशासनको आदेशमाथि रोक लगाएको छ । ट्रम्पको आदेशपछि टिकटकको नयाँ डाउनलोडमाथि प्रतिबन्ध लगाइएको थियो । यो प्रतिबन्ध लागू हुने केही घण्टा पहिले वासिङ्टनका एक ‘डिस्ट्रिक्ट जज’ ले टिकटकको मालिक कम्पनी बाइटडान्सको अनुरोधमा अस्थायी रोक लगाउने आदेश जारी गरे ।

न्यायाधीशले आदेश जारी गर्नुको कुनै कारण बताएनन् तर यसबारे पछि निर्णय दिने जानकारी दिए । सुनुवाईको क्रममा बाइटडान्सका वकिलले प्रतिबन्धलाई अतार्किक बताउँदै भने, ‘आज रातीदेखि यो प्रतिबन्ध लागू गर्नुको अर्थ के हो जबकि यसमाथि अहिले पनि छलफल जारी छ ।’

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले टिकटक राष्ट्रिय सुरक्षाका लागि खतरा बताउँदै त्यसमाथि प्रतिबन्ध लगाउन आदेश जारी गरेका थिए । कम्पनीले यो आरोप खण्डन गर्छ । टिकटकलाई बाइटडान्स नामको कम्पनीले सन् २०१७ मा लञ्च गरेको थियो । संसारभरी टिकटकका ५० करोड र अमेरिकामा करिब आठ करोड प्रयोगकर्ता छन् । एजेन्सी

यो पनि पढ्नुहोस् :-

अर्बपति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आय कर नतिरेको आरोप लागेको छ । ट्रम्पले एक दशकसम्म कर छलेको आरोप लागेको हो । अमेरिकी पत्रिका द न्यूयोर्क टाइम्सका अनुसार ट्रम्पले आफू राष्ट्रपतिमा निर्वाचित भएको वर्ष सन् २०१६ मा पनि आय करवापत जम्मा ७५० डलर मात्रै तिरेको जनाइएको छ ।

राष्ट्रपतिमा निर्वाचित भएकै वर्ष अर्बौका मालिक ट्रम्पले संघीय आयकर ७५० डलर मात्रै तिरेको खुलासा भएको टाइम्सको खबरलाई उधृत गर्दै अन्तर्राष्ट्रिय समाचारहरुले उल्लेख गरेका छन् । न्यूयोर्क टाइम्सका अनुसार ट्रम्पले पछिल्लो १५ वर्ष मध्ये १० वर्ष त आय कर नै तिरेका छैनन् । कम्पनी नोक्सानमा गएको जनाएर ट्रम्पले कर छली गरेको जनाइएको छ ।

दोस्रो कार्यकालका लागि राष्ट्रपतिको दौडमा रहेका ट्रम्पमाथि मतदान हुन एक महिना बाँकी रहेका समयमा कर छलीको आरोप लागेको हो । यता, राष्ट्रपति ट्रम्पले न्यूयोर्क टाइम्सको खबरलाई पूर्णतः झूठो खबर भन्दै आपत्ति जनाएका छन ।

टाइम्सले ट्रम्पका कम्पनीको सन् १९९० यताको कर सम्बन्धी विवरण अध्ययन गरेको दाबी गरेकोमा ट्रम्पले खबरमा सत्यता नभएको र आफूले कर तिरेको जिकिर गरेका हुन । सन् २०१६ र २०१७ को ट्रम्पको व्यक्तिगत कर विवरण नै अध्ययन गरेको दाबी गर्दै टाइम्सले ती दुई वर्ष उनले जम्मा ७५० डलर मात्र कर तिरेको जनाएको हो । एजेन्सी

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्