महिला

यी राशी भएका महिलाले पुरुषलाई छिट्टै आकर्षित गराउँछन्

ज्योतिष शास्त्रमा जम्मा १२ वटा राशी हुने गर्छन । हरेक राशिको हरेक प्रकारको गुण साथै भाग्य रहने गर्दछ । हरेक व्यक्तिको गुण फरक रहने त भैहाल्यो । ज्योतिष शास्त्र अनुसार हरेक राशिका पुरुष र महिलाहरुको प्रकृति र भविष्य फरक हुन्छ । प्रेम जीवनमा समेत ग्रहले असर पर्ने हुँदा आफ्नो लागि उपयुक्त्र प्रेमी खोज्न पर्ने हुन्छ । पुरुषले खोजे जसतै गुण भएका महिलाहरु विशेषतः निम्न ३ राशीका रहेको छन् ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – वृष राशी भएका महिलाको व्यक्तित्व निकै आकर्षक हुने गर्दछ । जसका कारण पुरुषहरु छिट्टै आकर्षित हुने गर्छन् । मिहेनतको मामिलामा वृष राशी भएका महिलाहरु अगाडी रहने गर्छन भने जाँगर भएका कारण पुरुषको रोजाईमा छिट्टै पर्ने त भैहाल्यो । वृष राशी भएका महिलाहरु सौंदर्य प्रेमी साथै कला प्रेमी भएका कारण जो कोहीको नजरमा पर्न सफल रहने गर्छन् ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह – मिथुन राशी भएका महिलाहरु सुन्दर र आकर्षक व्यक्तित्वमा धनी हुनुका साथै व्यावहारिक रहने भएका कारण जो कोहि पनि अकर्शित हुने गर्छन । मिथुन राशिका महिलाहरु मित्रवत व्यवहारमा महिर रहने भएका कारण अकर्शित रहने गर्छन । अरुको भावना बुज्न सक्ने क्षमता भएका यस राशिका महिलाहरु प्रेम जीवनमा राम्रो भूमिका निभाउन सफल रहन सक्ने व्यक्तित्वले भरिपुर्ण रहने गर्दछन् ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु – अरुको भावनाको कदर गर्ने यस राशिका महिलाहरु प्रेम जीवनका लागि अति शोभनीय रहने गर्छन् । साथै बोल्ने शैलीका कारण पनि सबैको नजर यस राशिका महिला माथि रहने गर्दछ । भौतिक सुन्दारता नरुचाउने पुरुषहरु वृश्चिक राशी भएका महिला पर्ने गर्छन् । भौतिक सुन्दरता बाहेक यस राशिका महिलाहरुसंग फरक आकर्षण रहने गर्दछ । यस राशिका महिलाहरु ज्ञानी रहने गर्छन भने एकपटक सम्बन्ध स्थापित गरे पछी अडिक रहने गरेका कारण प्रेम जीवन सफल बनाउन विशेष भूमिका खेल्ने देखिन्छ ।

यी राशी भएका महिलाहरु आफ्नो कर्मघरमा आफ्नो उपस्थिति बलियो रुपमा प्रस्तुत गर्ने गर्छन । आफ्नो पतिलाई नियन्त्रणमा राख्नको लागि साम, दाम, दण्ड, भेदको समेत प्रयोग गर्न पछि पर्दैनन् । यो राशी भएका महिलाहरुमा श्रीमानलाई सजिलै काबुमा राख्ने क्षमता हुन्छ । यी राशिका महिलाहरु आफ्नो कर्मघरलाई स्वर्ग बनाउन हर सम्भव प्रयत्न गरिरहन्छन् ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु – यो राशी भएका महिलाहरु अफ्ठ्यारो परिस्थतिमा रुष्ट रहेका व्यक्तिलाई आफ्नो पक्षमा पार्न सक्ने क्षमताका हुन्छन् । यस राशिका महिलाहरु आफ्नो पतिलाई पनि आफ्नो नियन्त्रणमा राख्ने गर्छन् । पतिको कुरा सुन्दै परिवारमा राज गर्ने यस राशिका महिलाहरु आफ्नो कुरा राख्न अलिकति पनि डराउदैनन् । परिवारको हरेक कार्यमा आफै हावी हुने आदत यिनीहरुमा हुन्छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो – यो राशी भएका महिलाहरु जिद्दी हुन्छन् । साथै अरुलाई सहजै मनाउन सक्ने खुबी यिनीहरुमा हुन्छ । घर परिवारमा हुने हरेक कार्यको निर्णयमा आफ्नै प्रभाव जमाउने खालका हुन्छन् । श्रीमानलाई मनाउन यिनलाई कुनै कठिनाई हुँदैन । कर्कट राशि भएका बुहारीले घरमा राज नै गर्छन् ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे – यो राशी हुने महिला व्यवहारमा अत्याधिक जिद्दी मानिने र आफ्नो पतिलाई जिद्दीले नै नियन्त्रणमा राख्न सक्षम हुने गर्छन । कर्म घरमा हुने हरेक कार्यमा आफ्नो संलग्नता कायम राख्न खप्पिस हुनाले आफ्नो कर्म घरमै राज नै गर्ने गर्छन् । यस राशिका महिलाहरुसँग हरेक परिस्थितिमा आफ्नै तरिकाले समस्याको समाधान गर्ने खुबी हुन्छ ।

ज्योतिषको माध्यमबाट कुनै पनि ब्यक्तिको व्यक्तित्व, विशेषता, भविष्य, प्रेम, ब्यवसाय तथा धन लगायतका बिषयमा पत्ता लगाउन सकिन्छ । यी बाहेक अरु पनि धेरै प्रकारका जिज्ञाशालाई ज्योतिष शास्त्रमा खुलाइएको छ । यस मध्येको एक रोचक जिज्ञाशा हो, जीवनसाथी वा प्रेमीप्रेमीका ।

हरेक पुरुष आफ्नो महिला मित्रले आफुप्रति चासो दिन्छन् वा दिँदैनन् भन्ने जान्न चाहन्छन् । ज्योतिष शास्त्रमा यी ४ राशिका पुरुषहरु प्रति महिला आकर्षित हुने बताइएको छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह – महिलाका विषयमा मिथुन राशिका पुरुष लक्कि मानिन्छन् । यो राशिका पुरुषले कुनै पनि महिलाको ध्यान आफूतिर खिच्न वा आकर्षित गर्न मेहनत गर्नु पर्दैन । मिथुन राशिका ब्यक्तिको व्यक्तित्व नै महिलालाई आर्कषित गर्ने मामलामा काफी हुने गर्दछ । यस राशिका पुरुष कोमल मनका र रोमान्टिक स्वभावका हुने गर्दछन् । जसका कारण महिलाहरु सजिलै यो राशिका पुरुषप्रति आर्कषित हुने गर्दछन् ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे – सिंह राशि भएका पुरुषको मन कोमल हुनुका साथै सफा हुने गर्दछ । यो राशिका ब्यक्ति कुनै पनि नातालाई राम्रोसँग निभाउने गर्दछन् । अत्यधिक रोमान्टिक स्वभावका सिंह राशिका पुरुषहरु महिलालाई जिस्क्याउने शैलीमा आर्कषित गर्न माहिर हुन्छन् । सिंह राशिका ब्यक्तिको उपस्थिति मात्र महिलालाई प्रभावित बनाउने अस्त्र बन्ने गर्दछ । यो राशिका ब्यक्तिमा केही लजालु स्वभाव हुने गर्दछ, जसलाई संवेदनशील महिलाले मन पराउने गर्दछन् ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते – तुला राशि भएका पुरुषका आँखामा एक अनौठो खूबी हुने गर्दछ । जसले सुन्दर महिलाहरु चाडैं उनीहरु तर्फ आकर्षित हुन्छन् । यो राशिका पुरुषमा अलग स्टाइल, अनेकौं रुप निभाउने क्षमता, तथा प्रेमप्रति सद्भाव हुने गर्दछ । यो राशिका पुरुष महिलाको कमजोरी सजिलै पत्ता लगाउन सक्छन् । जसका कारण उनीहरु महिलाको मनको कुरा बुझेर सोही अनुसार ब्यवहार गर्न सक्ने हुन्छन् । महिलाले आफूलाई बुझ्ने मानिस पाउन मरिहत्ते गर्दछन् ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि – लुक्सको मामलामा मकर राशिका पुरुष सबैभन्दा लक्कि मानिन्छन् । यो राशिका पुरुष देख्नासाथ कतिपय महिला पहिलो नजरमा नै प्रेममा पर्ने गर्दछन् । मकर राशिका पुरुषहरु सुन्दर ब्यक्तित्वको साथै जो कोहीलाई प्रभावित पार्ने क्षमताको हुने गर्दछन् । यो राशिका पुरुषको हरेक स्वभाव, बोल्ने शैली, अरु भन्दा निकै भिन्न हुने गर्दछ । जसले महिलालाई आर्कषित गर्ने गर्दछ । साथै मकर राशिका पुरुष एक्टिभ र स्मार्ट समेत मानिन्छन् ।

महिला

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्