shreemati ko hatya

बुवाले लिएको ऋण चुक्ता गर्न नसकेपछि ऋण दिनेको घाँटी कसी हत्या

रौतहट, १३ असोज । जिल्ला प्रहरी कार्यालय रौतहटले एक महिला हत्या अभियोगमा ४ जना पक्राउ गरी अनुसन्धान थालेको छ । गढीमाई नगरपालिका–३ का ४० वर्षीय जमसैद मियाँ, ३५ वर्षीय दाउद मियाँ, ३२ वर्षीय जहरुदिन मियाँ र महम्मद ईसराफुल मियाँलाई हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले जनाएका छन ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गत भदौ १४ गते गढीमाई नगरपालिका–३ मुसरी बस्ने ३५ वर्षीया मिन्त्रादेवि वैठालाई घाँस काट्न गएको अवस्थामा कवारीको उखुबारीमा घाँटी कसी हत्या गरेका अभियोगमा उनीहरूलाई पक्राउ गरिएको हो ।

अभियुक्त जमसैद मियाँले लेनदेनको कारण अन्य अभियुक्तकाे सहयोग लिई हत्या गरेको स्वीकार गरिसकेका छन् । प्रहरीका अनुसार अभियुक्त जमसैद मियाँको बुबा स्व. अनवर हुसैनले लिएको ऋण चुक्ता गर्न नसकेपछि उत्पन्न विवादका कारण हत्याकाे योजना बनाएकाे देखिन्छ ।

बुबाले ऋण तिर्न नसकेपछि जग्गा पास गरिदिएको र उक्त जग्गा पास बदरकाे माग गर्दै जमसैद मियाँले अदालतमा मुद्दा पेश गरेका थिए । तर अदालतले उसको पक्षमा फैसला नगरेपछि मियाँले भोगचलन गर्न नदिई पटक पटक धम्की दिँदै आएको र अन्त्यमा हत्या गरिएको प्रहरीले जनाएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *