डा. गोविन्द केसी

डा. केसीको जीवनरक्षा गर्न समाजवादी विद्यार्थी युनियनको माग

काठमाडौं, १३ असोज । डा. गोविन्द केसीको जीवनरक्षाको लागि समाजवादी विद्यार्थी युनियनले सरकारसँग माग गरेको छ । संगठनका अध्यक्ष रुपनारायण श्रेष्ठले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य अवस्था कमजोर बन्दै गएका केसीको जीवनरक्षाको माग गरेका हुन् ।

विज्ञप्तिमा लेखिएको छ, ‘कुशासन र भ्रष्टाचारलाई जरैदेखि उखेलेर सरकारलाई जनउत्तरदायी बनाउँदै शिक्षा र स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तन गर्नका लागि पटकपटक सत्याग्रह मार्फत् सरकारलाई दबाव दिँदै आउनुभएका आदर्श व्यक्तित्व डा गोविन्द केसीले पटक पटक आमरण अनशन बस्दै आउनुभएको विदितै छ । सरकारले उहाँको जायज मागहरुलाई सम्बोधन गर्ने प्रतिवद्धता सहित सहमति गर्ने तर कार्यान्वयनमा भने चरम उदासिनता देखाउँदै आएको पनि घाम जत्तिकै छर्लङ्ग छ ।’

हाल डा. गोविन्द केसीले उठाएको दुर्गम भेगका जनतालाई शिक्षा र स्वास्थमा सहज पहुँच हुनुपर्छ भन्ने माग सही र जनहितमा रहेको स्पष्ट पार्दै समाजवादी विद्यार्थी युनियनले उनको मागप्रति पूर्ण एक्यबद्धता जनाएको छ ।

‘डा गोविन्द केसी चिकित्सा शिक्षा क्षेत्रको एक असल, सादगी जीवनशैलीसहित जनसमुदायको सेवामा समर्पित व्यक्तित्व हो । उहाँले हरेक दलको सरकारसँग निरपेक्ष ढंगले निरन्तर संघर्ष गरिरहनु भएको छ। उहाँमा दलगत स्वार्थ कहिँकतै देखिँदैन,’ विज्ञप्तिमा भनिएको छ, ‘हाल डा केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको चिकित्सकहरुले बताउनुभएको छ। उहाँको मागहरु तत्काल सम्बोधन गर्दै जीवनरक्षा गर्न समाजवादी विद्यार्थी युनियन सरकारसँग जोडदार माग गर्दछ ।’

विज्ञप्ति

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्