corona test

पोखरामा १४ सहित गण्डकी प्रदेशमा थपिए १८ नयाँ संक्रमित

पाेखरा, १३ असाेज। गण्डकी प्रदेशमा १८ नयाँ कोरोना संक्रमित थपिएका छन् । पोखरा महानगरपालिका ६ वडामा १४ जना संक्रमित थपिएका हुन् । यस्तै नवलपरासी पुर्वको बिनयत्रिबेणी का ४ जना संगै मंगलबार १८ नयाँ संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । यसैसहित हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३८१३ पुगेको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा नयाँ १८ जना काेराेना संक्रमितहरु थपिएका हुन् । गण्डकी प्रदेशमा थपिने काेराेना संक्रमित कास्की जिल्ला पाेखरा महानगरपालिकामा ११ पुरूष, ३ महिला गरी १४ चाैध जना रहेका छन् ।
नवलपरासी विनयत्रिवेणीमा तीन महिला र एक पुरूष गरी चार जना रहेका छन ।

गण्डकी प्रदेशमा थपिने सबैजना काेराेना संक्रमित कन्ट्याक्ट ट्रेसिंग बाट पहिचान भएका हुन । गण्डकी प्रदेशमा थपिने संक्रमित सबैलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको छ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्