अमिताभ बच्चन

केबीसीको सेटमा अमिताभ बच्चनको आँखा रसाएपछी…

रियालिटी टिभी शोज भारतमा अत्यधिक चर्चित छन् । यसका एउटा कारण यो पनि हो कि कार्यक्रममा दर्शकले उनीहरुको सेलिब्रिटीको वास्तविक रुप देख्न पाउँछन् र अर्को कारण यो हो कि यहाँ थुप्रै इमोसन पनि देख्न पाइन्छ, जसमा सायद पहिला तपाईंको ध्यान गएको छैन । यस्तै एउटा कार्यक्रम हो कौन बनेगा करोडपति ।

२० वर्षदेखि चल्दै आएको यो कार्यक्रमको सिजन १२ सुरु हुँदैछ । यो अवधिमा थुप्रै मानिसहरुको इमोशन, ठूलो बाध्यतायुक्त पल र खुसी देख्न पाइएको छ । प्रतियोगीका साथै कार्यक्रम प्रस्तोता अमिताभ बच्चनको पनि थुप्रै रुप यहाँ देख्न पाइएको छ । कार्यक्रममा अमिताभ थुप्रै पटक रोएका पनि छन् । आज ती घटनाबारे कुरा गरौं जब अमिताभले आफ्नो आँसु रोक्न सकेनन् ।

अमिताभको ७५ औं जन्मदिनको मौकामा केबीसीले एउटा विशेष भिडियो देखाएको थियो जुन हेरेर उनी निकै भावुक भएका थिए । उक्त भिडियो अमिताभको नैनीतालस्थित कलेज शेरवूडको थियो । भिडियोमा उनलाई मानिसहरुले जन्मदिनको शुभकामना दिएका थिए । भिडियोको अन्त्यसम्म अमिताभको आँखा रसिला भइसकेका थिए र पछि उनले आँसु रोक्न पनि सकेनन् ।

केबीसीको ११ औं संस्करणमा सन्त रहिमबारे प्रश्न सोधिएको थियो जसका कारण उनलाई आफ्ना पिता हरिवंश राय बच्चनको याद आएको थियो । अमिताभ त्यतिबेला रोएका त थिएनन् तर पिताले लेखेका कविता सुनाउने बेला उनी निकै भावुक भने भएका थिए ।

आफ्नो जन्मदिनमा बनेको अर्को एउटा भिडियो देखेपछि अमिताभ निकै भावुक भएका थिए । उक्त भिडियोमा उनले आफ्ना आमा–बुवासँग बिताएको आफ्नो वाल्यकालका पल देखाइएको थियो । यसमा उनले आँसु पुछ्दै भनेका थिए, ‘भावुक गरिदिन्छन् उनीहरुले ।’

केबीसीको ११ औं संस्करणमा मारिएटा मेन्दिस नामकी एक प्रतियोगीले आफ्नो बाल्यकालसँग जोडिएको आघातबारे बताएकी थिइन् । उनले आफ्नो आमा–बुवाले उनलाई अनाथालयमा छोडिदिएको र त्यहाँबाट एक परिवारले उनलाई धर्मपुत्रीको रुपमा स्विकार गरेको बताइन् । पछि त्यो परिवारले पनि मारिएटालाई छोडिदिए । यो सुनेर अमिताभले आफ्नो आँसु रोक्न सकेनन् । उनले भावुक हुँदै मारिएटालाई भनेका थिए, ‘आजबाट पूरा केबीसी परिवार तपाईंको परिवार हो ।’

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्