Nepali rupees

हुम्लामा विपदबाट तीन करोडभन्दा धेरैको क्षति

हुम्ला, १३ असाेज। हुम्लामा आ . व. २०७७र०७७ मा विभिन्न प्रकारका ३८ विपदका घटनाहरूबाट तीन करोडभन्दा धेरैको क्षति भएको छ । पीडितले राहत करीब तीन लाख मात्र पाएका छन् ।

जिल्ला प्रहरी कार्यालय हुम्लाको अभिलेख अनुसार गत आ.व.मा हुम्लामा अबिरल वर्षाबाट २८, बाढीपहिरोबाट ४ र आगलागीबाट ६ गरी ३८ विपदका घटनाहरू घटेका छन् तर मानवीय क्षति भने भएको छैन । एक जना पुरुष मात्र सामान्य घाइते भएका छन् ।

यी घटनाहरूमा तीन चौपाया मरेका छन् । कुलो, खर्क, घट्टा, खानेपानी र सिंचाई जस्ता भौतिक पूर्वाधारहरूमा असर परेको छ । ३७ घर पूर्ण तथा आंशिक रुपमा क्षति भएका छन् ।

गत आ.व.मा अबिरल वर्षाबाट ४७ लाख ७२ हजार २०० सय क्षति भएको छ । बाढीपहिरोबाट ४ लाख २८ हजार र आगलागीबाट २ करोड ५६ लाख ४१ हजार ६ सय क्षति हुन पुगेको जानकारी जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी उपरिक्षक सूर्यप्रकाश सुवेदीले दिएका छन् ।

विपद राहतका लागि जिल्ला प्रशासन कार्यालय हुम्लाले गत आ.व.मा २ लाख ८९ हजार ५०० मात्र राहत वितरण गरेको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले बताएका छन् ।

प्रहरी कार्यालयको अभिलेख अनुसार जिल्ला प्रशासन कार्यालय हुम्लामा विपद राहतका लागि निवेदन दिनेहरुले क्षति भएको एक प्रतिशतभन्दा पनि कम राहत पाएको देखिन्छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्