ब्रोडगेज रेल

नेपाल रेल्वे कम्पनीले १ सय २९ कर्मचारी माग्दा ३२ हजारले आवेदन दिए

काठमाडौं, १४ असोज । नेपाल रेल्वे कम्पनीमा जागिरका लागि ३२ हजारले आवेदन दिएका छन् । नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक गुरु भट्टराईका अनुसार १ सय २९ कर्मचारी आवश्यक रहेकोमा असोज १२ सम्म ३२ हजारले आवेदन दिएका छन् ।

नेपाल रेल्वे कम्पनीले शाखा अधिकृत, कानुन अधिकृत, स्टेसन मास्टर, सव इन्जिनियर, सहायक स्टेसन मास्टर, प्रमुख प्रशासन सहायक, क्यासियर, टिकट बिक्रेता सहायक, अमिन, रेल गार्ड, फोर म्यानलगायत २९ पदमा करारमा कर्मचारी माग गरेको थियो ।

जनकपुर जयनगर रेलममार्ग तथा रेलगाडीको तयारीपछि रेल्वे कम्पनीले आवश्यक कर्मचारी भर्ना गर्न लागेको हो । महाप्रवन्धक भट्टराईले पहिलो चरणमा शैक्षिक योग्यताका आधारमा मेरिट लिष्ट प्रकाशन गर्ने, दोश्रो चरणमा अन्तरवार्तापछि अन्तिम नामावली प्रकाशन गर्ने जनाएका छन् । नातागोता, सोर्सफोर्स, चीनजानका आधारमा छनौट नगरिने भट्टराईले दावी पनि गरेका छन् ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्