आ'त्मह'त्या

मृत्युद’ण्डको व्यवस्थाका विषयमा संसदीय समितिले माग्यो लिखितरुपमा राय

काठमाडौं, १४ असोज । संसदीय समितिले कानूनमा मृत्युद’ण्डको व्यवस्था राख्न हुने वा नहुने विषयमा कानून न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल कानून आयोगसँग लिखितरुपमा राय माग गरेको छ ।

प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको बुधबारको बैठकले १६ वर्ष मुनिका बालिका माथि बला’त्कार गरी ह’त्या गरेको प्रमाणित भएमा कानूनमा मृत्युद’ण्डको व्यवस्था गर्ने सम्बन्धमा नेपालले अन्तर्राष्ट्रिय स्तरमा गरेका प्रतिवद्धतालाई आरक्षणमा लैजाने प्रक्रियाको विषयमा समितिमा उठेका प्रश्नहरुको जवाफ लिखितरुपमा उपलब्ध गराउन कानून न्याय तथा संसदीय मामिला मन्त्रालय र कानून आयोगलाई निर्देशन दिएको हो ।

समितिका सभापति निरुदेवी पालले बैठकमा निर्णयहरु सुनाउँदै समितिमा उठेका प्रश्नको लिखित रुपमा जवाफ दिन मन्त्रालय र आयोगलाई निर्देशन दिएकी हुन् । बला’त्कार एवम् बला’त्कारपछि हुने ह’त्याजस्ता जघन्य अ’पराधहरुमा साना बालिकादेखि बृद्धाहरु समेत पर्ने गरेकाले त्यसको अन्त्यका लागि कडा कानूनको आवस्यकता रहेको निष्कर्ष समेत बैठकको रहेको छ ।

यस्ता घटना दोहोरिनुमा कमजोर कानून र द’ण्ड सजाय हुनु र घटनाको गैरकानूनी व्यवस्थापन हुनुपनि रहेको सभापति पालले बताइन् । यस्तो विषयमा नागरिकस्तरमा छलफल गराई निष्कर्षमा पुर्‍याउन समेत समितिले सरकारलाई निर्देशन दिएको छ । समितिले यस्ता घटनाका पीडक, मतियार जो कोही भएपनि कुनै कारणबाट उन्मुक्ति प्राप्त गर्नै सक्ने छैनन र हदै सम्मको कानूनी सजाय भोग्नुपर्नेछ भन्ने सन्देश दिने गरि कार्य सम्पादन गर्न र आवश्यकता अनुसार यस्ता घटनाको निष्पक्ष छानविनका लागि विशेषज्ञ सहितको बिशेष कार्यटोली गठन गरि कार्य सम्पादन गर्न समेत समितिले गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई निर्देश दिएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्