arrest woman

घुस लिंदा लिंदै उपमहानगरपालिकाका एक कर्मचारी घुससहित रंगेहात पक्राउ

जनकपुर, १५ असोज । घुस लिंदा लिंदै जनकपुरधाम उपमहानगरपालिकाका एक कर्मचारी घुससहित रंगेहात पक्राउ परेका छन् । बिहीबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ का कार्यालय सहयोगी दिलिप पजियारलाई अख्तियारको टोलीले सेवाग्राहीसँग घुस लिइरहेकै बेला रंगेहात पक्राउ गरेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले पजियारलाई सेवाग्राहीसँग नागरिकताको सिफारिस गरिदिने भन्दै २४ हजार रुपैयाँ घुस लिइरहँदा पक्राउ गरेको हो । कार्यालय सहयोगी पजियारले सेवाग्राहीलाई आफु नै वडा सचिव रहेको र नागरिकताको सिफारिस आफुले नै गर्ने भन्दै उनीसँग घुस मागेका थिए । उनलाई वडा कार्यालयको परिसरबाटै गोप्य सूचनाको आधारमा रंगेहात पक्राउ गरिएको छ ।

यो पनि पढ्नुहोस् :-
त्यस्तै यता मोबाइल चार्जमा राखेर भिडियो हेर्दा करेन्ट लागेर रोल्पामा एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनिल स्मृति गाउँपालिका–१ घोडागाउँका ४३ वर्षीय पुरुष रहेका छन ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार मोबाइल चार्जमा राखेर भिडियो हेर्दा करेन्ट लागेर भरत नेपालीको मृत्यु भएको हो । सामान्य वर्षासँगै चट्याङ पर्दा करेन्ट लागेर घाइते भएका नेपालीको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र भृग्री प्यूठानतर्फ लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यता रौतहटको गरुडास्थित प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्रको हिरासतमा एक महिलाको मृत्यु भएको छ । गुजरा नगरपालिका–२ कटानीबजारकी राधिका राउतको हिरासतमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अनैतिक सम्बन्धको आरोपमा पक्राउ परेकी राउत बिहीबार बिहान मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी भरत श्रेष्ठले पुष्टि गरे । श्रीमानले राधिकालाई एक पुरुषसँग शौचालयमा अनैतिक सम्बन्ध राख्दै गर्दा देखेपछि बुधबार साँझ वडाअध्यक्ष अशोककुमार थारुको रोहबरमा प्रहरी चौकीमा बुझाएका थिए ।

डीएसपी श्रेष्ठका अनुसार यद्यपी राउतको के कारणले मृत्यु भयो भन्ने अनुसन्धान भइरहेको छ । मृतक राधिकाले आफू छारे रोगको बिरामी भएको प्रहरीलाई जानकारी गराएको बताइएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्