ह'त्या मृ'त्‍यु

प्रहरीको हिरासतमा एक महिलाको मृत्यु

रोल्पा, १५ असोज । मोबाइल चार्जमा राखेर भिडियो हेर्दा करेन्ट लागेर रोल्पामा एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनिल स्मृति गाउँपालिका–१ घोडागाउँका ४३ वर्षीय पुरुष रहेका छन ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार मोबाइल चार्जमा राखेर भिडियो हेर्दा करेन्ट लागेर भरत नेपालीको मृत्यु भएको हो । सामान्य वर्षासँगै चट्याङ पर्दा करेन्ट लागेर घाइते भएका नेपालीको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र भृग्री प्यूठानतर्फ लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यता रौतहटको गरुडास्थित प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्रको हिरासतमा एक महिलाको मृत्यु भएको छ । गुजरा नगरपालिका–२ कटानीबजारकी राधिका राउतको हिरासतमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अनैतिक सम्बन्धको आरोपमा पक्राउ परेकी राउत बिहीबार बिहान मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी भरत श्रेष्ठले पुष्टि गरे । श्रीमानले राधिकालाई एक पुरुषसँग शौचालयमा अनैतिक सम्बन्ध राख्दै गर्दा देखेपछि बुधबार साँझ वडाअध्यक्ष अशोककुमार थारुको रोहबरमा प्रहरी चौकीमा बुझाएका थिए ।

डीएसपी श्रेष्ठका अनुसार यद्यपी राउतको के कारणले मृत्यु भयो भन्ने अनुसन्धान भइरहेको छ । मृतक राधिकाले आफू छारे रोगको बिरामी भएको प्रहरीलाई जानकारी गराएको बताइएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्