एलन मस्क

अर्बपति व्यापारी एलन मस्कद्धारा उनी र उनको परिवारले भ्याक्सिनको प्रयोग नगर्ने घोषणा

संसारभरीको अर्थव्यवस्थामा कोभिड–१९ का कारण मन्दी आएको छ । एक तरिकाले भन्ने हो भने पूरा संसार भ्याक्सिनको व्यग्रताका साथ प्रतिक्षा गरिरहेका छन् । यस्तोमा अमेरिकाका अर्बपति व्यापारी एलन मस्कले उनी र उनको परिवार भ्याक्सिनको प्रयोग नगर्ने घोषणा गरेका छन् । उनले यो भाइरसलाई बढाई चढाई भनिएको र योसँग डराउन पर्ने कुनै आवश्यकता नभएको दाबी गरेका छन् ।

यस्तो किन भनिरहेका छन् मस्क ?

– न्यूयोर्क टाइम्स विचार खण्ड ‘स्वे’ कार्यक्रमको पोडकास्टमा स्पेस एक्स, टेस्ला र न्यूरलिंकका संस्थापक मस्कले न आफूलाई न त उनको परिवारलाई भाइरसको जोखिम भएको बताएका छन् । हुन त मस्कले यो भाइरसलाई रोक्नका लागि अपनाइएको उपायमा असन्तुष्टि पोखेको यो पहिलो घटना भने होइन ।

– यसअघि पनि मस्कले अमेरिकासमेत संसारभरी लगाइएको लकडाउनको विषयमा आफ्नो असन्तुष्टि जनाएका थिए । उनले भाइरसलाई बढाई चढाई पेश गरिएको बताएका छन् । यसका कारण थुप्र्र्रैको ज्यान गइरहेको छ त भनेर प्रश्न सोधिँदा उनले भने, ‘जसले जन्म लिएका छन्, उनीको मृत्यु अवश्य हुनेछ ।’

– मस्कले दाबी गरे अनुसार महामारीका कारण उनको स्पेस टेक्नोलोजी कम्पनी स्पेसएक्समा एक दिन पनि काम प्रभावित भएको छैन । महामारीमा स्पेसएक्सले नासाका अन्तरिक्षयात्रीलाई अन्तरिक्षमा पठाए । यस्तो गर्ने संसारको यो पहिलो नीजि कम्पनी बनेको छ ।

– मस्कका अनुसार लकडाउन लगाएर सबैलाई घर बस्न दिनु राम्रो तरिका होइन । जो संक्रमणको उच्च जोखिममा छन्, उनीहरुलाई यो आँधी समाप्त होउञ्जेल क्वारेन्टिनमा राख्नुपर्छ । सबै घरमा बस्न आवश्यक छैन । उनले भने, ‘खैर, जे भयो भयो । अब योसँग डराउन आवश्यक छैन ।’ एजेन्सी

एलन मस्क

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *