Gagan Thapa

कांग्रेस नेता गगन थापालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं, १८ असाेज। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापालाई कोरोना संक्रमणको पुष्टि भएको छ । उनले आँफु संक्रमित भएको सामाजिक संजाल मार्फत जानकारी गराएका हुन् ।

सामाजिक संजालमा एक स्टाटस लेख्दै नेता थापाले असोज १५ गते बिहीबार नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा गरिएको पिसिआर परीक्षणको शनिबार आएको रिपोर्ट अनुसार नेता थापालाई कोरोना पोजिटिभ देखिएको र आफ्नो सम्र्पकमा आएकाहरुलाई सजगता अपनाउन समेत आग्रह गरेका छन् ।

थापाले शनिबार राति ९ः४८ मा ट्वीट गर्दै अगाडी भनेका छन् हाल मेरो स्वास्थ्य अवस्था सामान्य छ, अहिले म घरमै आइसोलेसनमा छु, कुनै समस्या आएमा स्वास्थ्यकर्मीसँग परामर्श गर्नेछु ।

यो पनि पढ्नुहोस् :-

काठमाडौँ , १८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै भेटघाट बन्द गरेका छन्। बालुवाटारमा कार्यरत ७६ जना र सचिवालयका ४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै प्रधानमन्त्री ओलीले भेटघाट बन्द गरेका बालुवाटार स्रोतले जनाएको छ।

शनिबार प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा, पररष्ट्र सल्लाहकार डा. राजन भट्टराई र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलगायतमा कोरोना पुष्टि भएको थियो।

त्यस्तै, बालुवाटारमा कार्यरत २८ नेपाली सेना, सशस्त्र प्रहरीका १८, नेपाल प्रहरीका २१ र राष्ट्रिय अनुसन्धानका ३ गरि ७४ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको छ । त्यस्तै, अझै ४५ जनाको पीसीआर रिपोर्ट आउनै बाँकी रहेको जनाइएको छ । यहि महामारीलाई मध्यनजर गर्दै प्रधानमन्त्रीले सबै भेटघाट बन्द गरेका हुन्।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्