बेलायत

बेलायतमा एकैदिन थपिए १२ हजार बढी कोरोना संक्रमित

बेलायतमा शनिबार सार्वजनिक कोरोना संक्रमितको संख्या अघिल्लो दिनको तुलनामा झन्डै दोब्बर वृद्धि भएको छ । विगत ६ महिना यताकै सबैभन्दा बढी संक्रमित पुष्टि भनिएको बेलायतमा केहि दिन यता ७ हजारको हाराहारीमा कोरोना संक्रमित पुष्टि भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ को तथ्यांकमा उल्लेख छ ।

हिजो शनिबार अबेर गरि सार्वजनिक कोरोना संक्रमितको संख्या ह्वात्तै बढेर १२ हजार ८ सय ७२ पुगेको छ । जुन संख्या अघिल्लो दिनको तुलनमा झन्डै दोब्बर हो । सामान्यतया यहाँको स्वास्थ्य विभागले दैनिक सांझ ४ देखि ५ बजेसम्म कोरोना सम्बन्धि अपडेट सार्वजनिक गर्ने भएपनि शनिबार भने राति पौने नौ बजेपछि मात्र अपडेट गरेको थियो ।

गत २४ सेप्टेम्बर देखि अक्टुबर १ सम्म सार्वजनिक तथ्यांकमा प्राविधिक गडबडी भएको भन्दै आगामी दिनमा संक्रमितको संख्या अझ बढ्न सक्ने विभागले बताएको छ । यसैगरी गएको २४ घन्टामा थप ४९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसंगै बेलायतमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४२ हजार ३ सय १७ पुगेको छ ।

हालसम्म बेलायतमा ४ लाख ८० हजार १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । हाल बेलायतका अस्पतालमा २ हजार ४ सय २८ जनाको कोरोना सम्बन्धि उपचार भैरहेको छ भने ३ सय ६८ जनाको भेन्टिलेटर बेडमा उपचार भैरहेको छ । बेलायतमा कोरोना संक्रमणको दोस्रो लहर चल्दै गर्दा सन् २०२१ को ‘इस्टर’ अर्थात अप्रिल पहिलो हप्तासम्म प्रत्येक नागरिकलाई कोरोना विरुद्धको भ्याक्सिन दिइने अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेका फर्मास्यूटिकलका वैज्ञानिकहरुले दावी गरेका छन् ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्