बालबालिका

अलपत्र अवस्थामा फेला परेका तीन बालकलाई परिवारको जिम्मा

डडेल्धुरा, १९ असोज । शुक्लाफाँटा नगरपालिका–८ मा अलपत्र अवस्थामा फेला परेका डडेल्धुराका तीन बालकलाई परिवारको जिम्मा लगाइएको छ । डडेल्धुराको पर्शुराम नगरपालिका–११ भटयानीका एकै परिवारका तीन बालकलाई आज बिहान परिवार जिम्मा लगाइएको हो ।

भटयानीका गम्भीर सिंह खड्काका छोराहरु १४ वर्षीय पुष्कर खड्का, १३ वर्षीय विमल खड्का र १२ वर्षीय नवीन खड्कालाई वडाध्यक्ष बहादुरसिंह महराको जिम्मा लगाइएको थियो । दुई दिनअघि अलपत्र अवस्थमा बालक फेला परेपछि वडाध्यक्ष महराले बालकलाई आफ्नो संरक्षणमा राखी परिवारका सदस्यलाई जिम्मा लगाएका हुन् ।

“डडेल्धुरा हुँदै बालक पैदल हिँडदै भोकभोकै यहाँ आइपुगेका रहेछन्”, वडाध्यक्ष महराले भने, “बालकहरु कसरी यति लामो बाटो हिँडेर आइपुगे कौतुहलताको विषय बनेको छ ।” सामाजिक सञ्जाल फेसबुकमा बालकहरुबारे जानकारी दिने कार्य गरिएपछि परिवारका सदस्य सम्पर्कमा आएपछि उनीहरुको जिम्मा लगाइएको उनले बताए ।

बालबालिका

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्