corona death

कोरोना संक्रमण बाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्रै ४० जनाको म्र्त्यु

काठमाडौं, १९ असोज । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरीको धरान–१५ का ५५ वर्षीय पुरुषको सोमबार बिहान कोरोनाका कारण म्र्त्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

मिर्गौला सम्बन्धी समस्या रहेका उनमा असोज १६ गते कोरोना पुष्टि भएको थियो भने सोही दिन कोभिड अस्पतालमा भर्ना भएका थिए । उनको उपचारका क्रममा सोमबार बिहान ६ः४५ मा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

यससँगै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुगेको अस्पतालका सहप्रवक्ता डा आशिष श्रेष्ठले जानकारी दिए । हालसम्म सो अस्पतालमा ८२३ जना भर्ना भएकामा ७४६ जना डिस्चार्ज भइसकेका छन् ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्