डोनल्ड ट्रम्प

राष्ट्रपति ट्रम्प अस्पताल बाहिर भएका आफ्नो समर्थकलाई भेट्न पुगेपछि

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प कोरोनाद्वारा संक्रमित छन् र हाल उनी ह्वाइट हाउसभन्दा टाढा वाल्टर रिड नेशनल मिलिट्री मेडिकल सेन्टरमा भर्ना छन् । तर आइतबार सबैलाई चकित बनाउँदै उनी अस्पताल बाहिर भएका आफ्नो समर्थकलाई भेट्न पुगे र हात हल्लाएर सबैको अभिवादन स्विकार गरिरहेको देखिए ।

यद्यपि, उनी कारभित्रै बसिरहे । बाहिर भने निस्किएनन् । त्यतिबेला उनले मास्क लगाएका थिए । हुन त सोसल मिडियामा सक्रिय हुनेहरुलाई थाहा थियो कि राष्ट्रपति आइतबार अस्पतालबाट बाहिर निस्कनेछन् । वास्तवमा ट्रम्पले उक्त ‘सरप्राइज भिजिट’ बारे ट्वीटरमा जानकारी दिएका थिए ।

राष्ट्रपतिका डेप्युटी असिस्टेन्टले भने, ‘एक मेडिकल टिमले कारमा उनलाई बाहिर निस्कने अनुमति दिएका थिए ।’ उनका अनुसार यतिबेला कार चलाउने कर्मचारी र अन्य कर्मचारीको सुरक्षाका लागि सबै आवश्यक कदम उठाइएको थियो ।

यसअघि वाल्टर रिड अस्पतालका डाक्टरले उनी बाहिर गएको विषयमा नकारात्मक प्रतिक्रिया दिएका थिए र भनेका थिए, ‘उनीसँग कारमा बस्ने व्यक्ति संक्रमित हुने जोखिम अत्यधिक छ ।’ एजेन्सी

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्