डा. गोविन्द केसी

डा. गोविन्द केसीको समर्थनमा पोखरामा ध्वनी सहितको ब्रिहत र्‍याली निकालिने

काठमाडौं, १९ असोज । डा. गोविन्द केसीको समर्थनमा पोखरामा सिठ्ठी, शंख, मादल, घण्टी, मुजुरा, थाल लगायत ध्वनी सहितको ब्रिहत र्‍याली निकालिने भएको छ । सामाजिक अभियान्ता, मानव अधिकारबादी, स्वास्थ्यकर्मी, राजनीतिक तथा बौद्धिक ब्यक्तिहरु द्धारा समर्थित र्‍याली दिउसो २ बजे सुरु गरिने भएको छ । पोखराको पृथ्वीचोकबाट सुरु हुने र्‍याली सभाग्रिह चोक, न्युरोड हुँदै मनवअधिकार चोकमा पुगी टुङ्गिने जनाइएको छ ।

त्यस्तै, नेपाल चिकित्सक संघले आइतबार डा. गोविन्द केसीको माग सम्बोधनका लागि वार्ता टोली गठन गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ । डा. केसी अनशन बसेको २१ दिन पुगे पनि सरकारले बेवास्ता गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको संघले जनाएको छ ।

संघका महासचिव डा. बद्री रिजालले संस्थाका तर्फबाट हालसम्म गरिएका हरेक पहललाई सरकारले बेवास्ता गरेको भन्दै प्रेस विज्ञप्तिमार्फत आपत्ति जनाएका छन् । ‘७२ घण्टाभित्र पनि सरकारले वार्ता टोली गठन गरी डा. केसीको जीवन रक्षाका निम्ति कुनै पहल अगाडि नबढाए जस्तोसुकै कठोर कदम चाल्न बाध्य हुने र यसबाट उत्पन्न हुन सक्ने गम्भीर परिस्थितिप्रति नेपाल सरकार नै जिम्मेवार हुनेछ’, विज्ञप्तिमा लेखिएको छ । वार्ताका निम्ति सहजीकरणको भूमिका निर्वाह गर्न संघ तयार रहेको व्यहोरा जनाइएको छ ।

संघले आयोजना गरेका विभिन्न बैठकले केन्द्रीय कार्यकारिणी समितिलाई दिएको म्यान्डेटअनुरूप डा. केसीको जीवनरक्षाका लागि वार्ता टोली गठन गर्न माग गरिएको विज्ञप्तिमा उल्लेख छ । संघले विभिन्न विशेषज्ञ समाज, पूर्वअध्यक्ष, पूर्वमहासचिव, काठमाडौं उपत्यकामा रहेका अस्पतालका निर्देशकहरूसहित संघको परिषद् बैठक राखी बृहत् छलफल गरेको थियो ।

डा. गोविन्द केसी

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्