रिन खोजेर

रिन खोजेर प्रदेशिनेहरुको वास्तबिकता बोलेको गीत हेर्नुभयो त ?

दिलिप भण्डारी, दियान मिडिया । लोकप्रिय गायक तारापती सुवेदी, जीवन दाहाल, सरिता अधिकारी र सरला अधिकारीको आवाज रहेको नयाँ दशै विशेष गीत रिन खोजेर भर्खर मात्र सार्वजनिक भएको छ ।

एक गरिव परिवार र उनीहरुको दुखका विषयलाई कलात्मक रुपमा गीतमा उठाइएको सो गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ । गीतलाई प्रेम राज अधिकारीले शब्द सिर्जना गरेका छन भने जीवन दाहाल, तारापती सुवेदी लय सिर्जना गरेका छन । गीतमा बिनोद बाजुरालीले संगीत संयोजन गरेका छन ।

तारानाथ आचार्यले निर्देशन गरेको गीतको भिडियोमा मोहन अधिकारी, सरिता धनकुटी लगायतका एक दर्जन कलाकारहरुको उत्कृष्ट अभिनय देख्न सकिन्छ । गीतलाई जीवन दाहालको आफ्नो युउटुव च्यानलबाट सार्वजनिक गरिएको छ । गणेश सापकोटाले छायांकन गरेको गीतमा सम्पादन र रंग सम्योजन भने सुबाश अमगाईले गरेका हुन ।

गीतको पुरै भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्